• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता

व्यवसायीले नै बिर्सिए ‘कालो दिन’



नौ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपाली युवाको हत्या भएपछि काठमाडौंमा कहालीलाग्दो विध्वंस मच्चिएको थियो। अनियन्त्रित भिडले म्यानपावर एजेन्सी, ट्राभल एजेन्सी, सञ्चारमाध्यमलगायत निजी सम्पत्ति तोडफोड गर्‍यो। त्यसपछि १६ भदौलाई म्यानपावर व्यवसायीले ‘कालो दिनुका रुपमा सम्झँदै आएका थिए। तर, यो वर्ष उनीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नै भदौ १६ बिर्सियो आजको नागरिक र राजधानी दैनिकमा खबर छ ।

इराक घटनालाई लिएर आफ्नो व्यवसाय र व्यवसायीमाथि भएको आक्रमणलाई लिएर कालो दिनका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेको भए पनि यस पटक कसैले सम्झने प्रयाससमेत गरेनन् ।
विगतका वर्ष अर्बौंको क्षति र आगजनी भएको भन्दै विभिन्न चरणमा कार्यक्रम गर्ने व्यवसायीका संस्थाले पनि यस पटक भने १६ भदौलाई कालो दिनका रूपमा सम्झन सकेनन् । आलो र खाटा नबस्दैको घाउ मात्र सम्झने नेपाली समाजमा वैदेशिक रोजगार व्यवसायीले समेत इराक घटनाको समय नौ वर्ष पुरानो भएकाले पनि बिर्सिएको पुष्टि भएको छ । विगतमा व्यवसायीका विभिन्न संघ/संगठनले फरक–फरक रूपमा १६ भदौका दिन आफ्नो अर्बौंको क्षति विवरण प्रस्तुत गर्ने गर्थे । तर, यस पटक व्यवसायीका कुनै संगठनले औपचारिक कार्यक्रम नगरेको व्यवसायी नै स्विकार्छन् ।
वैदेशिक रोजगार व्यवसायीको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समेत १६ भदौलाई सम्झिएर कुनै कार्यक्रम गरेन । संघभित्र चर्किएको आपसी विवादका कारण पनि यो दिनलाई संघले सम्झन नसकेको सरोकारवाला बताउ“छन् । विगतमा व्यवसायीका समस्या र अप्ठ्याराका दिन सामूहिक रूपमा सम्झने गरिए पनि यस पटक आपसी विवादले आफ्नो व्यवसायको कालो दिनसमेत सम्झने फुर्सद व्यवसायीलाई भएन ।
प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपालका अध्यक्ष टंकबहादुर राउत १६ भदौलाई नेपाली म्यानपावर व्यवसायीले कालो दिनका रूपमा लिने गरेको भए पनि यस पटक भने व्यवसाय बन्द गर्ने वा कुनै खास कार्यक्रम नगरिएको जनाए । उनले नौ वर्षअघि यही दिन नेपाली रोजगार व्यवसायीले २ अर्बभन्दा बढीको क्षति बेहोर्नुपरेको तथा कम्पनी र व्यवसायीमाथि समेत आगजनी र आक्रमण भएकाले कालो दिनका रूपमा लिन थालेको बताए । रोजगारीका लागि इराक गएका १२ नेपालीको सामूहिक हत्यापछि १६ भदौ २०६१ मा नेपालका सयौं म्यानपावर कम्पनीमाथि तोडफोड र आगजनी भएको थियो । सोही घटनालाई लिएर व्यवसायीले १६ भदौको दिन कालो दिनका रूपमा लिइने गरिन्छ ।
१५ भदौ २०६१ मा सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले रोजगारीका लागि इराक गएका १२ नेपालीको सामूहिक रूपमा विभत्स हत्या गरेको थियो । सोही घटनाका कारण आक्रोशित भएपछि नेपाली म्यानपावर कम्पनीमाथि तोडफोड र आगजनी भएको थियो । रोजगारी व्यवसायीले १६ भदौलाई कालो दिनका रूपमा लिएर आफ्नो व्यवसायसमेत बन्द गर्ने तथा कार्यक्रमसमेत गर्ने गरेको भए पनि यस पटक भने पुरानो दिनलाई कसैले पनि सम्झन चाहेनन् ।