• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि ★   अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी ★   “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का ★   आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै ★   जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद ★   धोनीले अर्को वर्षको आईपीएल पनि खेल्न सक्नेछन् ! ★   एन्फा उपाध्यक्ष दावा लामा छुटे ★   शिक्षकहरुलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ ★   पोर्चुगलमा समुद्रमा सेलफिस खोज्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो ★   महालेखापरीक्षकमा तोयम राया नियुक्त

अब एम्बुलेन्सको अधिकतम भाडा ५ सय मात्र



प्रजनन स्वास्थ्य समन्वय समिति ललितपुरले जिल्लाका सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउने महिलालाई एम्बुलेन्सले अधिकतम ५ सय रुपैयाँभन्दा बढी लिन नपाउने नियम बनाएको छ । एम्बुलेन्सले बढी रकम असुली गरेको जनगुनासो आउन थालेपछि समितिले अधिकतम मूल्य तोकेको आजको राजधानीमा समाचार छ । नयाँ कार्यक्रम लागू भएपछि सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रका स्थानीय बढी लाभान्वित हुनेछन् ।

बर्थिङ सेन्टर सञ्चालन भएका स्वास्थ्य संस्थामा एम्बुलेन्सको सहजता हुनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत पब्लिक हेल्थ नर्स अम्बिका पाण्डेले बताइन् । उनका अनुसार दक्षिणका ग्रामीण क्षेत्रमा त्यहाँ उपचार नभएका केस सहरी क्षेत्रसम्म ल्याउन समस्या परेको छ । आफ्नो गाविसभित्र एम्बुलेन्स नहुने भएकाले अन्यत्रबाट ल्याउँदा बढी भाडा माग्दा स्थानीय हैरान बनेको उनी बताउँछिन् ।
उनले भनिन्, ‘५ सय भाडा तोकिदिँदा ती सबै समस्याको हल हुने देखिन्छ ।’ जिल्लामा सञ्चालित सबै एम्बुलेन्सले अधिकतम भाडाको नियम मान्नुपर्ने पाण्डे बताउँछिन् । उनका अनुसार त्यसको सुरुआतका लागि कार्यालयले पहिलेदेखि नै पहल गरेको थियो । विभिन्न समयमा राजनीतिकर्मी, शिक्षकलगायतका व्यक्तिसँग पनि बर्थिङ सेन्टरलाई व्यवस्थित बनाउने विषयमा छलफल हुँदै आएको छ । बर्थिङ सेन्टर सुरु गर्नुअघि नै यी विषयमा छलफल हुने पाण्डेले बताइन् । उनले भनिन्, ‘पहिले समुदाय जिम्मेवारी लिन तयार भएपछि बर्थिङ सेन्टर सुरु गर्ने गरिएको छ ।’
बर्थिङ सेन्टर सञ्चालन भएका स्वास्थ्य संस्थामध्ये पनि एम्बुलेन्स भएका स्वास्थ्य संस्थामा महिलाको चाप बढी देखिएको छ । सहरी क्षेत्रनजिकै भएर पनि लुभु स्वास्थ्य संस्थाले सेवा दिने महिलाको संख्या बर्सेनि बढाएको छ । लुभु प्राथमिक स्वास्थ्य केन्द्रले स्थानीयलाई आकर्षित गर्नकै लागि एम्बुलेन्स निःशुल्क गरिदिएको छ ।
पाण्डेले भनिन्, ‘सरकारको कार्यक्रम स्थानीयसम्म पुर्‍याउन एम्बुलेन्सको सहजताको महत्वपूर्ण भूमिका हुने देखिरहेको छ ।’