• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

आफन्तको पर्खाईमा वेपत्ता परिवार



पुजा शर्मा-
दुर्गा वहादुर राना उमेर ९ वर्षका भए । उनले आफ्नी आमालाई पटक पटक वुवाको वारे सोधी खोजी गरे । आमा डोटी रानाले पटक पटक आऊनुहुन्छ भनी छोराको चित्त वुझाईन । तर यसपटक भने उनी भक्कानिएर पत्रकार संग भनिन् –छोरालाई ढाट्न थालेको धेरै भयो । १० वर्ष भयो श्रीमानको कुनै अत्तोपत्तो छैन् । भारतमा काममा हिडेका शोभाराम राना घर फर्कने क्रममा वाँकेको चिसापानीमा २०६० सालमा तत्कालिन शाहि सेनाको पक्राऊ गयो । उनी संगै कामको खोजीमा गएका साथीहरु घर फर्किए । तर उनी आएनन् ।

कक्षा ५ मा पढ्दै गरेको छोराले सोध्दा के भन्ने उहाले प्रश्न गर्नु भयो । आफुले नभने पनि कतै वाट आफ्ना वुवा सरकारले,सेनाले पक्राऊ गरेको सुनेको रहेछ । मलाई भन्यो । उहाले भन्नु भयो– कि लास दिनु पर्यो कि सास । आफ्नो जीवन साथी वर्षो वित्दा पनि वेपत्ता हुदा निराश भएको छ ।
दमाचौर स्थित भानुभक्त माविमा कक्षा ९ मा पढ्दै गरेकी करिश्मा कवँरले पनि आफ्ना वुवाको अवस्था राज्यले सार्वजनिक गर्नुपर्ने वताईन् । आमा संगै सदरमुकाम खलंगा आएकी करिश्माले मानवअधिकार उल्लंघन गर्ने दोषीलाई न्यायिक कटघारामा उभ्याऊन आग्रह गरिन । दमाचौर १ का तेजवहादुर कवँरलाई २०५९ मंसिर ८ मा सुरक्षाफौजले नियन्त्रमा लिएको ढाका कुमारी कवँरले वताऊनु भयो । मेरा श्रीमान लाई तुलसीपुरवाट पक्राऊ गरेको थाहा पाए लगत्तै जिल्ला प्रशासन, मानवअधिकारकर्मी कहाँ पटक पटक पुगे । उहाले भन्नु भयो– आश्वासन वाहेक कसैले केही दिइएनन् । हामी पहल गछौ भने तर ११ वर्ष भयो कतै अत्तो पत्तो छैन ।

वेपत्ता पारिएका आफन्तले दोषिहरुलाई कार्वाही हुनु पर्ने वताएका छन् । वाँझकाडा ५ का २१ वर्षिय चवन सिह वुढाथोकीले हामीलाई चाहिएको हाम्रा आफन्तको सार्वजनिकीकरण र दोषीमाथीको कार्वाहाी हो । चवनसिहका दाई वेदवहादुर वुढाथोकी र मेघराम वुढाथोकीलाई सल्यान सिमखर्क वाट गस्तीमा आएको सेनाले पक्राऊ गरेको हो । धेरै पटक जिल्ला प्रशासन र सिमखर्क ब्यारेक धायौ । पटपटक तपाईको आफन्त आऊछ । कहिले कता कहिले कता भनेर अल्मल्याऊने । आश्वासन दिने कामभयो । स्थिति सार्वजनिक गरिएन । शिद्धेश्वरी ६ की डव्ली परियारले पनि श्रीमान डोटीराम परियार वेपत्ता भएको ११ वर्ष भएको वताऊनु भयो । आफुले श्रीमान आऊने आशमा एक मात्र छोरा अजयलाई पालेर वसेको वताऊनु भयो । उहाले भन्नु भयो – कहिले आऊछनकी भन्ने आशमा वसेका छौ ।

सिनवाङ्ग ६ कि ६० वर्षिय रुपा वोहरालाई आफ्नो १४ वषिय छोरा रेशम अहिल्यै आउछ जस्तो लाग्छ रे । उहाले आशु झादै भन्नु भयो – सानो छोरा समान किन्न जान्छु भनि कपुरकोट गएको हो । समयले ११ वर्ष पुगेपनि आज जस्तै लाग्छ । रेशम वोहरालाई कपुरकोटमा रहेको तत्कालिन शाहि नेपाली सेनाले २०५९ वैशाख २० मा पक्राऊ गरेको हो । आफुहरु पटक पटक कपुरकोट ब्यारेक पुग्दा सदरमुकाम खलंगामा जान भनेको वताऊनु भयो । आक्रोशित हुदै उहाले भन्नु भयो – हामीलाई राहतमा टालटु पार्न खोजिएको छ । त्यो मान्य हुदैन् । मेरो छोरा वेपत्ता पार्नेलाई हदै सम्मको कार्वाही हुनुपर्छ ।
सल्यान खलंगमा भेटिएका झण्डै ३ दर्जन वेपत्ताका परिवारले राज्य वा विद्रोही जस–जसवाट वेपत्ता वनाईएका भएपनि आफन्तको तत्काल सार्वजनिक गर्न सरकार संग आग्रह गरेका छन् । उनिहरुले एमाओवादी ,काँग्रेस, एमाले, नेकपा माओवादीका नेताहरुलाई पटकपटक आफ्न्त खोजी दिन आग्रह गरेको भएपनि सुनुवाई नभएको वताए ।

पिपल्नेटा ९ का ६८ वर्षिय घमण्ड वुढाथोकीले आफ्नो छोराको स्थिति सार्वजनिक गर्नु सरकारलाई आग्रह गर्नुभएको छ । उहाले भन्नु भयो– हाम्रा सन्तान सार्वजनिकीकरण गर । काठमाण्डौमा अध्ययनकालागि गएको छोरा पोखराज वुढाथोकी २०५८चैत्र २६ गते कोटेश्वरवाट वेपत्ता पारिएको वुढाथोकीको भनाई छ ।स्थानीय शान्ति समिति सल्यानको तथ्याङकमा भने ३७ जनाको वेपत्ता नाम सूचिमा उल्लेख गरिएको छ ।