• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   कतारका राजा नेपालमा, राष्ट्रपतिबाट स्वागत ★   कतारका राजा काठमाडौँमा ★   ६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ★   नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन: मन्त्री भण्डारी ★   रिसाएकी पत्नीलाई कसरी फकाउने ? ★   हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा ★   कतारका राजालाई स्वागत गर्दै लिङ्देनको प्रतिक्रिया – ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ ★   सरकारले व्यवसायीको हकहतिमा काम गर्नुपर्छ : सांसद डा शर्मा ★   राजस्थान रोयल्ससँगको लज्जास्पद हारपछि के भने हार्दिक पाण्ड्याले ? ★   ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’

माओवादीको बन्द अबज्ञा÷माओवादीद्धारा बसमा आगजनी



बैद्य माओवादीले गरेको बन्दको दोलखा र काभ्रेका स्थानीयले प्रतिकार गरेका छन् । बन्दले दैनिक कामकाजमा नै असर गरेको भन्दै दोलखा सदरमुकाम चरिकोटका स्थानिय व्यापारीले बन्दको अबज्ञा गर्दै बजार, पसल खोलेका हुन् ।

पसल खोलेका व्यापारी र बन्दकर्ताबिच दोहोरो झडप समेत भएको थियो । दुई पक्षबीच तनाव भएपछि प्रहरीले माओवादी जिल्ला सेक्रेटरी प्रेम दर्नालसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै काभ्रेको धुलिखेलमा पनि स्थानियले बन्दको अबज्ञा गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले धुलिखेलमा यात्रुबाहक बसमा आगजनी गरेका छन् । काठमाडौबाट मेलम्चीका लागि छुटेको बा २ ख ५६ ७२ नम्बरको यात्रुबाहक बसमा आगजनी गरेका हुन् । बसमा लागेको आगो नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।

काभ्रेको बनेपामा बनेपामा बिहान पनि स्थानीयबासी र बन्दकर्ताबीच झडप भएको छ । स्थानीय टेलिभिजनमा कार्यरत देवराम केसीमाथि बन्दकर्ताले आक्रमण गरेका छन् । केसीको आँखामा चोट लागेको छ । बन्दकर्ताहरुले केसी चढेको मोटरसाइकल पनि तोडफोड गरेका छन् ।

यथास्थितिमा मंसिर ४ को निर्वाचन बहिष्कार र गोलमेच सम्मेलनको माग गर्दै नेकपा–माओवादी नेतृत्वको मोर्चाले पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आज ताम्सालिङ राज्यसमिति अन्तरगतका जिल्ला बन्द आह्वान गरेको छ ।