• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

बेलायत एनआरएन अधिवेशनमा केन्द्रीय नेताहरु सहभागी नहुने



लन्डन-बेलायत एनआरएनमा देखिएको विवाद मिलाउने सबै प्रयासहरु असफल भएपछि एनआरएनका केन्द्रीय नेताहरु अधिवेशनमा सहभागी नहुने भएका छन् । आइतबार भएको सहमति प्रयास पनि योगेन क्षेत्री समूहले लत्याएपछि केन्द्रीय अध्यक्ष जीवा लामिछाने, प्रमुख संरक्षक देवमान हिराचन, महासचिव तेन्जी शेर्पा, प्रा. सुर्य सुवेदीलगायतका एनआरएनका मुख्य अगुवाहरु अधिवेशनमा सहभागी नहुने भएका हुन् ।

यसअघि आइतबार फानबरोमा भएको बैठकमा बनिसकेको सहमति पनि बेलायतको एनआएनएमा संस्थापनपक्षीय भनिएका अध्यक्षका प्रत्यासी योगेन क्षेत्री सुर्य नेम्वाङलाई कुनै पनि हालतमा उपाध्यक्ष हुन नदिने रबैया अपनाएपछि भाँडिएको बताइएको छ ।

दुई छुट्टा-छुट्टै  अधिवेशन आयोजना गरिएपछि आइतबार राति बेलायतको फानबरोमा विवाद मिलाउनका लागि  प्रा. सुर्य सुवेदीको संयोजकत्वमा बैठक भएको थियो । एनआरएन यूरोप कोर्डिनेटर कुमार पन्त, एनआरएन आइसीसीका उपाध्यक्ष हितमान गुरुङ, एनआरएन युरोपका सह-कोर्डिनेटर लक्ष्य गुरुङ, एनआरएन युकेका अध्यक्ष कुल आचार्य, पूर्व अध्यक्षहरु सुर्य गुरुङ, डम्बर घले, महन्त श्रेष्ठ, आइसीसी सदस्य राजन कडेंल, विश्व आर्दश पण्डित, नागरिक समाज शिवजी श्रेष्ठ, चन्द्र लक्छवाको संयुक्त पहलमा सहमति लागि भएको बैठकमा सबै विषयमा सहमति बनिसकेको थियो । तर, क्षेत्रीले आफूले कुनै पनि हालतमा सुर्य नेम्वाङलाई उपाध्यक्ष नमान्ने अड्डी कसेपछि सहमति तुहिएको बताइएको छ ।

क्षेत्रीले एनआरएन युकेमा सुर्य नेम्वाङलाई निषेध गर्ने राजनीति गरेपछि अन्ततः एनआरएन बेलायत विभाजनको संघारमा पुगेको छ । “अध्यक्षका प्रत्यासी योगेन क्षेत्रीले सबैको इच्छा आकांक्षाअनुसार भइसकेको सहमतिलाई पनि लत्याएर एनआरएन युकेलाई विभाजनतिर धकेलेका छन्,” बैठकमा उपस्थित एक एनआरएन अगुवाले भने, “हिजो लगभग बनिसकेको सहमति पनि उनकै कारण भंग भएको छ ।”

यसअघि एनआरएन युकेका बरिष्ठ उपाध्यक्ष महेन्द्र कडेंल र क्षेत्रीबीच कुन पहिले अध्यक्ष हुने भन्ने विषयमा विवाद थियो । तर, आइतबारको बैठकमा एनआरएनको एकतामा जोड दिदैं कडेंल दोस्रो कार्यकालमा अध्यक्ष बन्न सहमत भएका थिए ।

तर, क्षेत्रीले मागेअनुसार नै उनलाई पहिलो एक वर्षको कार्यकालमा अध्यक्ष दिने सहमति भएपनि उनले नयाँ बखेडा झिकेका थिए । उनले सुर्य नेम्वाङको नाममा बखेडा झिकेर बनिसकेको सहमति पनि लत्याएका थिए । “उनको अभद्र र अपरिपक्व व्यवहारका कारण एनआरएन बेलायतमा विभाजन हुने भएको छ,” बैठकस्रोतले भन्यो, “क्षेत्रीमा अरुलाई पेलेरै लाने खालको षड्यन्त्र देखियो । अध्यक्ष कुल आचार्यले बोकेका क्षेत्रीले प्रवुद्ध व्यक्तिहरुको पहलमा भएको सहमतिको प्रयासलाई पनि अपमान गरी हिडे ।”

स्रोतका अनुसार एनआरएन बेलायतमा भइसकेको सहमति तोडिनुमा क्षेत्री र उनलाई साथ दिने व्यक्तिहरुको दबाब प्रमुख कारण रहेको मानिएको छ । फानबरोमा साँझ ५ बजेदेखि झण्डै ८ घण्टा लामो छलफल भएको थियो । पदहरु बाँडफाँडमा सबै विषयमा सहमति भएपछि अन्तमा क्षेत्री समूहले नेम्वाङलाई एनआरएनमा उपाध्यक्ष नदिने अडानमा आएर सहमति भाडेको थियो ।

यससँगै एनआरएन युके विभाजनको डिलैमा उभिएको छ । आइतबार दुई ठाउँमा छुट्टा-छुट्टै एजीएमहरु हुँदैछन् । “एनआरएनको शक्तिशाली एनसीसी रहेको बेलायतमा विभाजन आएपछि यसले एनआरएनको इतिहासमा ठूलो दुर्घटना निम्त्याउने देखिएको छ  । “यस्तो दुर्घटना हुँदा पनि केन्द्र जिम्मेवार भएको देखिएन । केन्द्रकै लापरवाहीका कारण यस्तो अवस्था आएको छ,” बेलायतका एक एनआरएनले भने, “यसले एनआरएको इतिहासमा राम्रो सन्देश दिदैंन् । यसले विश्वभरको एनआरएनमा विभाजन ल्याउन सक्छ ।”

एनआरएन बेलायतका शुभेच्छुकहरु एनआरएन आइसीसीले यसमा हस्तक्षेप गरेर सबैलाई मिलाएर एनआरएन युकेलाई विभाजनबाट रोक्नुपर्ने पक्षमा देखिएका छन् ।