• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

नवलपरासी र पाल्पा जोड्ने पुल जोखीममा



परासी । नवलपरासी र पाल्पा जोड्ने नवलपरासीको राकाचुली दमाहारको झोलुङगे पुलको जग खोलाले कटान गरेपछि पुल जोखीममा परेको छ । पुल मर्मत र संरक्षणका लागी भन्दै पटक पटक जिल्लाबिकास बाट रकम निकासी हुदै आएता पनि हाल सम्म पुल मर्मत हुन सकेको छैन । जि.बि.स. नवलपरासी बाट प्रत्येक वर्ष पुल निर्माणको लागी भनेर बजेट छुट्टाउने गरेको भएपनि २८ थान जालि मात्र ल्याएर खोला छेउमा राखीएको स्थानिय वासीन्दा ले आरोप लगाएका छन् । नवलपरासी र पाल्पा जिल्ला जोडने सो पुल जिर्ण बन्दै गएपछि स्थानिय जनता लाई आवात जावतमा कठीनाई भएको छ । समयमै पुलको मर्मत नहुने हो भने कुनै पनि बेला खोलाले पुल वगाउने खतरा छ ।