• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

अरिङगालले टोकेर एक जनाको मृत्यू ।



अरीङगालको टोकाईवाट अछामको मलाँतीकोट गाविसमा एकजनाको मृत्यू भएको छ ।

गाविसको वडानम्वर २ निवासि २८ बर्षिय रामबहादुर शुनारको अरिंगालले टोकेर मृत्यु भएको हो । घर नजिकैको भावर जंगलमा दाउरा काट्ने क्रममा शुनारलाई अरिंगालले टोकेको थियो ।
सुनारलाई अरिंगालको पुरै समुहले लखेटेको र पानीमा पस्दासम्मपनि टोक्न नछोडेको छिमेकीले जानकारी दिएका छन् । शरिरको थुप्र ठाँउमा अरिंगालले टोकेर थलिनुभएका सुनारको गए राति घरमै मृत्यू भएको आफन्तले जानकारी दिएका छन् ।