• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

प्यूठानमा बालविवाह बढ्दै



प्युठान, ७ असोज ।
प्यूठान जिल्लामा बालविवाहको अवस्था भयावह बनेको छ । कानुनअनुसार १८ वर्ष उमेर नपुगेका बालक वा बालिकाबीच हुने विवाहलाई बालविवाह भन्ने गरिएको छ ।
तर, शनिबार जिल्ला तथा मुलुकभर बालदिवस मनाइरहँदा राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कले जिल्लामा २० वर्ष उमेर नपुगी विवाह गर्नेको सङ्ख्या ७० हजारभन्दा बढी देखाएको छ । तथ्याङ्कमा १० वर्षमुनिका बालविवाह गर्नेको सङ्ख्या ५७९ छ भने १० देखि १४ वर्ष उमेर समूहका विवाह गर्नेको सङ्ख्या नौ हजार ९०८ रहेको छ । त्यस्तै २० वर्ष नपुग्ने विवाह गर्नेको सङ्ख्या ६० हजार १२२ रहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष प्युठानका कार्यक्रम अधिकृत प्रेमनारायण श्रेष्ठले १५ वर्षमुनि कुल जनसङ्ख्याको ४२ प्रतिशतको कम उमेरमै विवाह हुने गरेको बताउनुभयो । निमावि तहसँगै गरिबीले कक्षा छोड्ने प्रवृतिले गाउँघरमा बालविवाह गर्नेको सङ्ख्या झनै बढेको उहाँको भनाइ छ । यस्तै सेभ द चिल्ड्रेनले हालै जिल्लामा गरेको एक अध्ययनले ग्रामीण क्षेत्रमा समग्र विवाहको ३३ प्रतिशत बालविवाह हुने गरेको देखाएको छ ।
तथ्याङ्कले १४ देखि १८ वर्ष उमेर समूहका ७० प्रतिशत बालिका र ३० प्रतिशत बालकको कम उमेरमै विवाह भएको देखाएको छ । सो तथ्याङ्कमा बालविवाहमध्ये ७३ प्रतिशत प्रेम विवाह हुने गरेको डरलाग्दो आँकडा प्रस्तुत गरिएको छ । सेभले विसं २०६९ वैशाखदेखि चैतसम्म अर्खा, बाङ्गेशाल, भिंग्री, गोठिवाङ, हंशपुर, ओखरकोट, पूजालगायत आठ गाविसमा सर्वेक्षण गरेको थियो ।
दलित र जनजातिमा धेरै मात्रामा बालविवाह हुने गरेको यी गाविसमा सबैभन्दा धेरै बालविवाह बाङ्गेशालमा ४७, पूजामा ४२ र गोठिवाङमा ४० प्रतिशतको विवाह हुने गरेको छ । अध्ययनले तथ्याङ्कमा जिल्लामा बालविवाह हुने कारणहरुमा अरुको देखासिकी, मोबाइल र फेसबुकको दुरुपयोग, विवाह गर्दा मीठो खान र राम्रो लगाउन पाउने सोँच, नीति तथा कानुनी प्रावधानबारे अभिभावक र बालबालिकामा चेतनाको अभाव र आफैँ विवाह गरे भने धन खर्च नहुने भन्ने अभिभावकको धारणालगायतका प्रमुख कारण देखाएको छ ।
बालविवाहमै बालश्रम तथा आत्महत्याको दरसमेत अत्यधिक रहेकाले जिल्लाका विभिन्न गाविसमा बालमैत्री स्थानीय शासनको आवश्यकता रहेको महिला तथा बालबालिका कार्यालय बालअधिकार अधिकृत सुशीला सिंखडाले बताउनुभयो ।