• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल ★   काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड ★   नेप्से परिसूचकको ओरालो यात्रा जारी ★   नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह ★   पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन ★   दुबईमा वर्षाले विजोग, अस्तव्यस्त बनायो दैनिकी ★   आईपीएलको १६ औं वार्षिकोत्सवः पहिलो छक्का कसले हिर्काएका थिए ? ★   आर्मीले जित्यो कालिका कप राष्ट्रिय भलिबलको उपाधि ★   एमालेबाट चार मन्त्री थपेर लुम्बिनी प्रदेशमा सरकार विस्तार ★   सलमान खान गोली प्रकरणका अर्का संदिग्ध पक्राउ परे

नेकपा माओवादीका केन्द्रीय नेताले पार्टी छाडे



काठमाडौं ८ असोज । नेकपा–माओवादीका बरिष्ठ केन्द्रीय सदस्य महेन्द्र पासवान र धिरज पटेल लगायतका नेता–कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।वैद्य माओवादी परित्याग गर्नेहरुमा धनुषा, बारा, पर्साका जिल्ला ईन्चार्ज, सहइन्चार्ज, सेक्रेटरी तथा राज्य समिति सदस्यहरु रहेका छन् ।

विघटित संविधानसभामा सिराहा क्षेत्र नम्बर ५ बाट सभासद समेत बन्नु भएका पासवानले ईमेल मार्फत् आफ्नो राजीनामा पार्टी कार्यालयमा पठाउनु भएको छ । उहाँ हाल जबस मोर्चाको केन्द्रीय ब्युरोको सचिवालय सदस्य हुनुहुन्थ्यो ।

पासवानले विघटनको संघारमा रहेको माओवादीले क्रान्ति नगर्ने र मधेसी समुदायको पनि हित नगर्ने भएकाले पार्टी छाडेको बताउनु भयो ।