• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

श्रीमान्श्रीमती नै उम्मेदवारका प्रतिस्पर्धी



नेकपा (एमाले) पाल्पा, क्षेत्र नम्बर ३ बाट संविधानसभाको प्रत्यक्ष निर्वाचनमा श्रीमान् श्रीमती उम्मेदवार सिफारिस भएका छन् ।
धनेन्द्रराज घिमिरे र उनकी श्रीमती नारायणी शर्मा घिमिरेको नाम एमाले पाल्पाले सिफारिस गरेको हो । शर्मा पूर्वसभासद् हुन् भने घिमिरे एमालेको लेखा विभागका केन्द्रीय सदस्य हुन् ।
श्रीमान्श्रीमतीको नाम सिफारिस गरेपछि (एमाले)का सक्रिय कार्यकर्ता निरास बनेका छन् । दुवैको नाम उम्मेदवारका रुपमा प्रस्तुत भएपछि सक्रिय कार्यकर्ता अहिले आक्रोशित बनेको एमाले स्रोतले जनाएको छ ।