• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

विद्युत् अभावमा एक्सरे सेवा बन्द



गोरखाको एकमात्र सरकारी अस्पतालमा विद्युत् अभावमा विगत एक वर्षदेखि एक्सरे सेवा बन्द भएको छ ।
अस्पतालमा विद्युत् भोल्टेज नपुग्दा एक्सरे मेसिन सञ्चालनमा आउन नसकेको हो । वीर अस्पतालले दिएको ५ सय एम्पायरको उपकरण अस्पतालको स्टोरमा थन्किएको अस्पतालका प्रमुख केशवराज भुर्तेलले बताउनुभयो । मेसिन चलाउनका लागि ५० एम्पायरको विद्युत् भोल्टेज चाहिने अस्पतालका कर्मचारी ऋषि खत्रीले बताउनुभयो ।
दैनिक २ सय ५० जना बिरामी उपचारका लागि आउने अस्पतालमा जेनेरेटर सुविधासमेत नभएका कारण बिरामी मर्कामा परेका प्रमुख भुर्तेलको भनाइ छ ।