• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

उम्मेदवार छनौटमा जुट्दै काँग्रेस



काठमाडौं, १० असोज । आगामी संविधानसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बिहीवारदेखि उम्मेदवार छान्ने प्रक्रिया थालेको छ ।

पार्टी कार्यालय सानेपामा उम्मेदवार छनोटबारे संसदीय समिति छलफल भइरहेको प्रवक्ता दिलेन्द्रप्रसाद वडुले जानकारी दिनुभयो । प्रवक्ता बडूअनुसार संसदीय समितिले पहिला दुर्गम क्षेत्रका १९ जिल्ला र क्रमशः अन्य जिल्लाका उम्मेदवारको छनोट गर्नेछ । उम्मेदवार छान्न केही दिन समय लाग्ने उहाँले बताउनुभयो ।

बुधवार बसेको समितिको बैठकले आगामी संविधानसभाको लागि पार्टीका तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिको छनोटको कार्यविधि र मापदण्ड तयार गर्न सुरु गरेको थियो ।