• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

संविधानसभाको निर्वाचन र क्रान्तिकारीहरुको दायित्व



संविधानसभाको निर्वाचनको संघारमा हामी छौ । नेपालीजनताको विगत साठी वर्षदेखिको चाहना जनयुद्धको अभिष्ट नेपालीजनताव्यवहारिक रुपमा सार्वभौम हुने एकमात्रअवसरका रुपमायसलाई लिईएको छ । दुर्भाग्यवशपहिलो संविधानसभा संविधानजारी गर्ने काम पुरा नगर्दै अदालतको आदेशले स्वतः मृत्युवरण गर्न पुगेको थियो तैपनि संविधानसभाको एजेण्डा वोकोको शक्ति नै सरकारमाभएकाकारणले मात्रै अर्को संविधानसभाको निर्वाचनको घोषणा भएको थियो यसो नहुन्थ्यो भने यो संविधानसभाको निर्वाचनको घोषणा पनि संभवथिएन र मंसिर चारको संविधानसभाका विरुद्धमा यसलाई असफलतुल्याउन जे जतिहर्कत गरिएकाछन् यो चुनाव सार्ने हैन कि संविधानसभालाई नै सदाकानिम्ति यो धर्तिवाट असफलवनाउने षडयन्त्र वाहेक अरु केहीहोईन भन्ने कुरा मंसिर चारको चुनाव सारेर हेरेका केहीदिनमा नै पुष्टि हुनेछ त्यसैले चुनाव सार्ने अभियानमालाग्नेहरुले संविधानसभा नै नचाहेको कुराको पुष्टि हुन धेरै कुर्न पर्ने छैन ।

एजेण्डाप्रति असन्तुष्टहरु यो अभियानमाः
संविधानसभाको एजेण्डालाई आतंककारी ठान्ने राजतन्त्रविरोधी र अग्रगामि रुपान्तरणको पक्षपाति ठान्नेहरु र क्रान्तिलाई कर्मकाण्ड ठान्ने माक्र्सवादमा संविधानसभा लेखेकै छैन भन्नेहरु यतिवेला यो वात्यो वाहानाखोजेर भएपनियसलाई असफलपानेै अभियानमालागेकाथिएपहिलो संविधानसभा नै असफलपार्न खोजेकाथिएउनीहरु ऋसफलभए फेरि यो मौका ढुकेर वसेकाद्धन् फेरि पनिउनीहरुलाई असफलपार्न जरुरी छ । यो कुनै प्राविधिकविषय हैन यो एजेण्डामा सहमतहुने र नहुने प्रश्नहो एजेण्डामा सहमतनहुनेहरु मिति सार्ने वाहानावा वैद्य माओवादीलाई ल्याउने वाहानावाविदेशी डिजाईन भनेर वा जे भनेर हुन्छ असफलपार्ने कोशिसमालागेका छन् यो मुलभूत रुपमाएजेण्डाप्रतिकै असन्तुष्टि हो त्यसैले एजेण्डा वचाउनकालागिमात्रै भएपनि घोषित मितिमानिर्वाचनको विकल्प छैन ।

धरातलकमजोर हुनेहरु विपक्षमाः
जनआधार नभएका नेताहरु यो निवाचनको विपक्षमा छन् । जनतामाजादाहार्ने निश्चितभएका नेताहरु यो वात्यो वाहानामाचुनाव पर सार्न सकियो भने आफनो पुरानै साखमा रमाई रहन र पुरानै साखवचाईराख्नपाईने दाउमापनि छन् निर्वाचनमागएर जनताले सवैको हैसियत देखाईदिने भएकाले आफनो हैसियत छिटै उदांगनहोस भन्नकालागिपनि केही समय पर सार्नै हर्कतमालागेका छन् कुनैवेला ०५६सालको स्थानियनिवाएचनको हैसियतमागितगाईरहे जस्तै ६४सालको परिणाममा गीतगाईरहने दाउमापनिकतिपयनेताहरु वसेको देखिन्छ त्यसैले उनीहरु न्याजनादेशको पक्षमा हैन पुरानै जनादेश भजाउने दाउमा वसेको देखिन्छ जो सर्वथाजनताको म्याण्डेटलाई अपमानगर्ने वाहेक अर्को परिघटना हुनै सक्दैन ।

वाह्यशक्तिको दवावः
नेपालजस्तो भारतवेष्टित मुलुकत्यसमापनिभारतीयप्रभाव र दवाव र कतिपयमामलामा हस्तक्षेप नौलो कुरा भएन । भारतीय हस्तक्षेपकै कारणले संविधानसभाको निर्वाचनकालागिदशौ हजारको वलिदान र हजारौको वेपत्ताको मुल्यचुकाउन परेको कुरा जगजाहेर नै छ । पहिलो संविधानसभाको निर्वाचनको मितिपनिकतिप्रयत्नकावावजुदमात्रै तोकिएको थियो त्यो भुक्तभोगीलाई नै थाहाहोलापहिलो संविधानसभाअसफलपार्नमापनियहीशक्तिको हात देख्नेहरु अनौठा अहिले संविधानसभाको चुनावै असफलपार्ने अभियानमालागेर त्यहीशक्तिको गाटि वनेको छ कित्यो शक्तिको प्रतिरोध गरेको छ ?तथ्यहरुले के देखाउछ भने जुनशक्ति नेपाल जस्तो मुलुकमाजनता सार्वभौम भएको देख्न चाहदैन संविधानसभावाट संविधानवनेको पनि देख्न चाहदैन त्यहीशक्ति संविधानसभाको चुनाव सफलहुनदिनचाहदैन सो नसके चुनाव साने वाहानामायसलाई असफलपार्ने नियतमा अघि वढेको छ वाहिर वाहिर भारतीयशासकहरुका ईशारामामंसिरकै चुनावभनेर आरोप लगाउनेहरु संविधानसभा नै असफलवनाउने तानावानाको गोटी वनेको किन हेक्काहुदैन यो भने वुझिनसक्ने कुरा भएको छ ।

निर्दलीयताको निरन्तरताः 
संविधानसभाको चुनावहुदैन भन्नेहरुको दावा यो सरकार निर्दलीयभयो भन्ने छ तर व्यवहारले निर्दलीय सरकारको आयु लम्व्याउने शर्त वहाहरु नै राखिराख्नुभएको छ । यदिवहाहरुलाई निर्दलीय सरकार मन नपरेको हो भने मंसिरको चुनाव सार्ने शर्त राख्नै हुदैन । हिजो राष्ट्रपतिको असंवैधानिककदम विरुद्ध छ दिने आम हडताल गर्न दवावदिने समुह र व्यक्तिहरु आज राष्ट्रपतिले पहलगर्न परयो भनेर विन्तिपत्रहाल्नजाने गर्नुभएको छ । हिजो कमसेकम संवैधानिकअदालतलाई स्वीकार गर्दै परिमर्जित शक्ति पृथकीकरणको भावलाई मानिदिएको भए संविधान नै वन्थ्यो शक्तिपृथकीकरणको वुर्जुवाएजेण्डामा पार्टी गयो, कथित स्वतन्त्रन्यायपालिकाहामीलाई मान्य छैन जनताकाप्रतिनिधिले न्यायगर्न पाउनपर्छ भनेर डंका पिटाउने साथीहरु आजशक्तिपृथकीकरणको उलंघन भयो स्वतन्त्रन्यायपालिकाको चिरहरण भयो भनेर दिन रात रुने गर्नुभएको छ । त्यसैले जतिवेला जे तर्क गरेर भएपनिउल्टो गंगावगाउने प्रयत्नभएको छ जुनप्रयत्नले निर्दलीय सरकारको निरन्तरतावाहेक अरु केहीप्राप्तहुदैन ।

भारतको चुनाव संगसंगै गर्न पर्ने मोहः
मंसिरमातोकिएको चुनाव गरौ भनेर चैत्रमातोकिएको मितिलाई आजआएर चैत्रमा गरौ भन्ने कुरा अधि सारिएको छ । यसो किनगरियो होलाभन्दा वैशाखमाभारतको पनिचुनावहुदैछ जतिवेलाभारतको चुनाव हुन्छ त्यतिनै वेला नेपालको चुनावगर्न पने यो मोह किनजागेको होलाहिजो चैत्रमै यो मिति घोषणा हुदा यो तर्क आएनजवभारतको चुनावको घोषणा भयो तवमात्रै यो तर्क अघि सारियो त्यसैले आफुलाई भारत विरोधी देखाउदै व्यवहारभाभारतियएजेण्डामा हिडने काम चैत्रमाचुनाव सार्न पर्छ मंसिरमाहुदैन भन्नेहरुले गरिराखेकाछन् । यहीचिजहिजै चैत्रमै चुनाव घोषणा भएकै वखतभनेकाभए यो वहाहरुको मौलिकतर्क हो भन्न सकिन्थ्यो तर जवभारतको चुनाको चर्चा आयो तवमात्रै यो शर्त अघि सार्दा त विनाकुनै भ्रमभारतीयचुनावकै रापतापमामात्रै चुनाव लडन सकिन्छ भन्ने स्पष्ट भएको छ । त्यसैले भारतीयमोह छोडौ तोकिएकै मितिमाचुनावगर्न तर्फ लागौ ।

लम्विदो संक्रमण गहिरिदो संकटः
संक्रमण जतिलम्वियो संकट त्यतिनै गहिरिन्छ जति संकट गहिरिन्छ राष्ट्रियता त्यतिनै कमजोर हुन्छ कमजोर राष्ट्रियताका आधारमाविदेशी हस्तक्षेपको संभावनाप्रवल रहन्छ त्यसैले राष्ट्रियताका पक्षधरहरु संक्रमण छोटयाउन र संकट मोचनगर्न लाग्न पर्छ यतिवेला संक्रमण छोटयउने र संकट मोचनगर्ने उपाय छिटो निर्वाचनहो घोषित मिति मै निर्वाचनहो जसले चुनावको मिति सार्ने कुरा गर्छ त्यो संक्रमण छोटयाउन संकट मोचनगर्ने पक्षमा छैन परिणाम विदेशी हस्तक्षेपलाई निम्त्याउने वाहेक अर्को कुरा गर्दैन त्यसैले मुखले स्वधिनताका कुरा गर्ने परिणाममा पराधिनवनाउने कामनगर्रौ । छिटो निर्धारित मितिमाचुनावले मात्रै जनता सार्वभौम वन्छन् र जनताको सार्वभौमसत्ताले मात्रै राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता र राष्ट्रियता जोगाउन सकिन्छ । यहीमार्गमा लागौ ।

निष्कर्षः
पिटे पनिआमै जातिपोले पनि घामै जातिभन्ने उखानजतिकै एकिकृत माओवादी नेता र कार्यकर्ता र पार्टी प्रतिजतिसुकै रिस उठे पनि वैद्य माओवादीतर्फ लागेकाकार्यकर्ताहरु एमाओवादीको राष्ट्रिय स्वाधिनताप्रतिजति सुकै प्रश्न उठाए पनि नेपाली राष्ट्रियताको पहरेदार एमाओवादीको सटटामा न ज्ञानेन्द्रहरु हुन्छन न एमाले वाक्राग्रेस जस्तापुरातनवादीशक्तिहरु नै हुन सक्दछन् । एमाओवादीका रिसले जे पनिगर्न तयार हुदाभारतीय स्वार्थमाफसिने खतरा पनित्यतिकै छ जो चुनाव सार्ने शर्त र निर्दलीय सरकारको आयु लम्व्याउने तर्कवाट पुष्टि हुदैछ त्यसैले जे जे आवरण वोके पनि राष्ट्रिय स्वाधिनताको वाक्यांश दोहोरयाए पछि सवैलाई भ्रमितपार्न सकिन्छ भन्ने भ्रमवाट पहिलाआफै मुक्तहुन मेरो आग्रह छ । राष्ट्रिय स्वाधिनता केवल भटयाउने नारा हैन यो त जीवन पद्दति र जीवनव्यवहार हो । मानिसहरु व्यवहार र परिणाम हेर्ने भैसकेका छन् तपाईको नाराले जीवनव्यवहारमाल्याउने परिणामसंग सानिध्यता राख्छ कि राखदैन त्यो पनि हेक्का गरौ दुनियावखेडा छोडौ मंसिर चार कै चुनावमा सहभागीवनौ भारतीयचुनावको रापतापको आशवाट भ्रमित भै चुनावको मिति सार्ने गल्तीनगरौ यसैमा देश र जनताको हित छ दलहरुकोपनिहित छ तपाई नेताहरुको हित छ ।