• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला

अमेरिकामा नेपाली ट्रक (मालबाहक गाडी )देख्दा हर्षित



भर्जिनिया ,विजय थापा –
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेपाली मालबाहक गाडी (ट्रक )अमेरिकामा देखेर खुसि व्यक्त पनि गर्नु भएको हैन ,न त काठमाडौँबाट पश्चिम धनगडी या पुर्व काकरभिट्टा जाने ६ पांग्रे माल बाहक गाडी नै अमेरिका पुगेको देखेर प्रशंसा गर्नु भएको हो l यो त अमेरिका र क्यानाडामा चल्ने नेपालीले संचालन गरेको १८ पांग्रे बिशाल भीमकाय माल बाहक गाडीको कुरा हो l

हालै न्युयोर्क संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा आइपुगेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपालको प्रचार प्रसार गर्दै हिडेको ट्रक (मालबाहक गाडी )देखे पछि खुशी ब्यक्त गर्नुभएको छ । क्यानडामा बस्दै आएका नरबहादुर टण्डनले बिगत केहि समय देखी नेपालको प्रचार प्रसार गर्दै बनाएको ट्रक (मालबाहक गाडी )शनिबार न्युयोर्कमा अवलोकन गर्दै रेग्मीले टण्डनले गरेको कार्यप्रती खुशी ब्यक्त गर्नुभएको हो । न्युयोर्कमा नेपालको झण्डा र नेपाली पहिचान खुलाउने तस्विरहरु र नेपालको बारेमा लेखिएका शब्दहरु सहितको ठुलो ट्रक (मालबाहक गाडी )देखे पछि रेग्मीले खुशी हुंदै हेरि रहनु भएको थियो । 

मालबाहक गाडीका धनी तथा चालक टण्डनले सरकार प्रमुख आउने थाहा पाएकोले टोरण्टोबाट न्युयोर्कमा ट्रक ल्याएका थिए । अध्यक्ष रेग्मीलाई भेटेर आफुले देशको प्रचारका लागि गरेको काम देखाए पछि मालबाहक गाडीका(ट्रक)धनी टण्डनले पनि खुशी ब्यक्त गरेका थिए । टण्डनले भने “मैले गरेको देश हितको प्रयास सरकार प्रमुखले अवलोकन गर्नु मेरो लागि खुशीको कुरा हो” । बिगत दुई बर्ष देखी ट्रक ब्यवसायमा लागेका टण्डनले सबैले आफुले सक्ने क्षेत्रबाट देश प्रेमको भाव देखाएमा देशको बिकास हुन सक्दछ भन्ने सोंचका साथ आफ्नो ट्रकलाई नेपालको पर्यटन प्रचार प्रसारमा प्रयोग गरेको बताउछन् । 

कार्यक्रममा टण्डनले आफुले नेपालको हितमा गर्न खोजेका कामहरुलाई समेटेर परराष्ट्र सचिव अर्जुनबहादुर थापालाई एक ज्ञापन पत्र समेत बुझाएका थिए । यसै बिच नेपालको बारेमा प्रचार प्रसार गर्दै हिडेको (ट्रक)मालबाहक गाडीको अभियानलाई संचार सहयोगीको रुपमा ह्वाईट हिमाल टेलिभिजनले सहयोग गर्ने भएको छ । टेलिभिजनका अनुसार बिदेशमा बसेर पनि नेपालको प्रचार प्रसार गर्नु सरहानीय कार्य भएकोले टेलिभिजनले संचार सहयोग गरेको जनाइएको छ ।