• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

प्रधानन्यायाधीशबाट राजीनामा देऊ – नेम्वाङ



दमक, २० असोज –

नेकपा (एमाले)का नेता एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले चुनावी वातावरणलाई थप सङ्लो बनाउन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु उत्तम हुने बताउनुभएको छ । झापाको दमकमा पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङले निर्वाचनमा सबैको सहभागिता र थप सुनिश्चितता बनाउने हो भने अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पद त्याग्नु राम्रो हुने सुझाव दिनुभयो । 

लोकतान्त्रिक व्यवस्थामा राजनीतिक सङ्क्रमणको अन्त्यका लागि निर्वाचन उत्तम विकल्प भएको भन्दै नेता नेम्वाङले भन्नुभयो–“मुलुकले निकास पाउँछ भने रेग्मीजी त्यसको बाधक बन्नु हँदैन ।’’ इलामको क्षेत्र नम्बर २ बाट एमालेबाट प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहनुभएका नेता नेम्वाङले अब निर्वाचन हुनेमा कुनै शङ्का नरहेको स्पष्ट पार्नुभयो ।