• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य ★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट ★   युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन ★   युएईविरुद्ध नेपालले गुमायो पाँचौं विकेट, दिपेन्द्रसिंह ऐरी ५ रनमा आउट ★   कसरी गर्ने पदयात्राको तयारी ? ★   युएईविरुद्ध नेपाललाई चौंथो झट्का ★   एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै ★   तोलामा रु सात सयले बढ्यो सुनको मूल्य ★   युएईविरुद्ध नेपालको खराब सुरुवात, गुमायो तेस्रो विकेट, रोहित ५ रनमा आउट

दश लाख बढी काठमाडौँ उपत्यकाबाट बाहिरिए



काठमाडौँ, २१ असोज –

बडादसैँ मनाउने सिलसिलामा सडकमार्गद्वारा करिब १० लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिसकेका छन् । यही असोज १ देखि असोज २० गतेसम्म १० लाख १७ हजार मानिस दसैँ मनाउने सन्दर्भमा उपत्यका बाहिर हिँडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीले बताउनुभयो । हाल दैनिक थानकोट नाकाबाट मात्रै दैनिक एक हजार आठ सय सार्वजनिक यातायात सेवाका बस यात्रु लिएर गुडेको महाशाखाले जनाएको छ ।

त्यस्तै चोभार, नुवाकोट र साँगाभन्ज्याङबाट समेत गरी दैनिक तीन हजार सार्वजनिक यातायातका साधन उपत्यकाबाट यात्रु लिएर बाहिरिने गरेको पनि महाशाखा प्रमुख अधिकारीले बताउनुभयो । दसैँका मुख्य दिन फूलपाती, अष्टमी र नवमीका दिनमा एक लाख ६७ हजार यात्रुले विशेषगरी घर जान टिकट अग्रिम सुरक्षित गरिसकेका छन् ।

मुख्य चाडबाडका मुखमा हुने यात्रालाई भरपर्दो, सुरक्षित र सहज तुल्याउन महाशाखाले नाकामा बढी यात्रु राख्ने, दोहोरो टिकट काट्ने तथा यात्रुलाई असुविधा हुने खालका क्रियाकलाप रोक्न कडा निगरानी गरेको छ । त्यसका लागि नागरिक ट्राफिक प्रहरीले उपत्यकाका एक दर्जन स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी यात्रुको हितका लागि काम गर्दैआएको जनाइएको छ । यात्रुले असुविधा भोग्नुपरेका उजुरी दैनिक ५० को हाराहारीमा आउने गरेको र उजुरीअनुसार कारबाहीको प्रक्रिया पनि जारी रहेको बताइएको छ ।

यसैबीच असोज महिनाको सुरुदेखि हालसम्म दिउँसो मादक पदार्थ सेवन गरी सवारी चलाउने ९४ चालकलाई सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाइएको पनि ट्राफिक प्रहरीले जनाएको छ । दसैँको चहलपहलसँगै काठमाडौंका मुख्य स्थलमा मानिसको चहलपल र किनमेलको घुइँचो बढेका कारण ‘ट्राफिक जाम’ बढेको छ । ‘सपिङ मल’, ‘डिपार्टमेन्टल स्टोर’ तथा ‘फुटपाथ’मा समेत सामानको किनबेचको क्रम बढेकाले पनि राजधानीमा केही दिनयता यातायात सवारीको चापका कारण सर्वसाधारणले कठिनाइ भोग्नुपरेको छ ।