• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   ‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित ★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा…

रेखा चुनाबी म्युजिक भिडियो सुटिङमा व्यस्त




रेखा थापाको संविधान सभा निर्वाचनमा उम्मेदवार बनेर चुनाब जित्ने इक्षा पूरा हुन नसके पनि अन्य उमेद्वारलाई जिताउने अभियानमा भने राम्रै संग लागेकी छिन । यसै सन्धर्बमा हालै रेखा एमाओवादी चुनाब प्रचारमा पर्योग गर्ने निर्माण हुन लागेको चुनाबी म्युजिक भिडियोको सुटिङमा व्यस्त छिन । घाँघर चोलीमा सजिएर बारा, पर्सा र रौतहटको बिभिन्न स्थानमा रेखा संगै आयुष रिजालले ले भोजपुरी गिती एल्बमको लागि शुटिंग गरे। उदित नारायण झा, कल्पना, खुश्वु जैन, रविराज साह आदिको स्वर रहेका गीतहरु एमाओवादी भोजपुरा राज्यका संयोजक प्रभु साहको संयोजक्त्वमा पार्टी निर्देशनमा तयार गरिदै छ । तराइका बासिन्दा, संस्कृति र भाषाको लाई झल्काउने यस एल्बमले पार्टी उमेद्वारहरुलाई प्रचारप्रसारमा सहयोग पुग्ने बिश्वास गरिएको छ ।

निर्वाचन आयोगले आफ्नो नाम भोटर लिस्ट बाटनै हराइदिएको गुनासो गरे पनि रेखाले पार्टीको लागि आफ्नो ठाउँबाट सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताएकी छिन । नाम र दाम दुबै फिल्म क्षेत्र बाटनै कमाइ सकेकाले हुनाले रेखा राजनीति बाट समाज सेवा गर्ने उद्देश्य लिएको बताउछिन । दशैँपछिको दिनमा पर्साका मतदाता समक्ष गएर पार्टीको प्रचार प्रसारमा सक्रिय हुने प्लान रहेको पनि बताइन ।

तराइको समस्याको कुरा गर्दै रेखा भन्छिन, “यहाको सुरक्षा अवस्था एकदमै कमजोर रहेको छ ।” सीमा क्षेत्रका बासिन्दाले सीमावारपार गर्दा विदेशी सेनाबाट हेपिनु सामान्य भएको बताउदै रेखा भन्छिन भारतीयले नेपाली सीमा मिचिनुको पीडा पनि कम छैन । तराइको जीवन राजधानीको जस्तो सहज नभएको बताउदै रेखाले तराइका महिलाले पर्याप्त अवसर प्राप्त नगरेको बुझेकी छिन । निर्देशक किशोर राना मगरले निर्देशन गरिरहेको भिडियो रौतहटका विभिन्न गाउँहरुमा शुटिंग भइरहेको छ ।