• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली

स्वदेश फर्किइन् मिस नेपाल इसानी श्रेष्ठ



काठमाडौँ, २३ असोज – 

विश्व सुन्दरी प्रतियोगिताको ६३ वर्षको इतिहासमा नेपालबाट सहभागी भई उत्कृष्ट दश स्थानभित्रै पुग्न सफल मिस नेपाल इसानी श्रेष्ठ  स्वदेश फर्किएकी छन् । इन्डोनेसियामा गत सेप्टेम्बर ३० तारिखमा मिस वल्र्ड–२०१३ मा प्रतियोगिता भएको थियो । सन् १९९७ देखि नेपालले उक्त प्रतियोगितामा भाग लिँदै आएको थियो ।

एक्काइस वर्षीय मिस नेपाल इसानी श्रेष्ठ मिस वल्र्ड–२०१३ प्रतियोगिता सहभागी भई विभिन्न चरणमा भएको छनौटबाट १० औं स्थानभित्र परेको उल्लेख गर्दै उहाँले विश्वका अन्य मुलुकको तुलनामा नेपाल केहीमा पनि कमी नभएको र नेपाललाई चिनाउन आफूसँग धेरै शक्ति रहेको बताइन् ।
हिँडेन ट्रेजरद्वारा आयोजित पत्रकार सम्मेलनमा आफूले मिस वल्र्ड प्रतियोगितामा १० औं स्थापनासम्म हात पार्न सफल भएको श्रेय हिँडेन ट्रेजर, परिवारका सम्पूर्ण सदस्य तथा नेपालीहरूको माया नै भएको बताइन् । 

मिस वल्र्ड–२०१३ मा सहभागी हुँदा नेपाललाई विश्वसामु गौतम बुद्ध जन्मेको देश, सगरमाथाको देश र विभिन्न कला संस्कृतिको धनी देशको रूपमा परिचय गराउन सफल भएको बताउँदै मिस वल्र्डले आफूलाई धेरै नै माया ममता गरेको बताइन् । । बाबुकाजी श्रेष्ठ र भेनस श्रेष्ठकी जेठी छोरी इसानी श्रेष्ठ कक्षा ८ सम्म काठमाडौँको त्रियोग उच्च माविमा अध्ययन गरेको र १० जोड दुईसम्म अमेरिकामा अध्ययन गरेको तथा हाल सामाखुसीस्थित पिपुल्स डेन्टल कलेजमा अध्ययनरत रहेको इसानीकी हजुरआमा शान्ति साखः श्रेष्ठले जानकारी दिनुभयो ।