• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

काली ६७ सिनेमा घरमा एकैसाथ



रेखा थापाको नेपाली चलचित्र “काली” पूर्व मेचीको धुलाबारी देखि पश्चिम महाकालीको महेन्द्रनगर सम्म ६७ वटा चलचित्र घरमा एकै साथ प्रदर्शन हुँदैछ। साथै, उपत्यकाको करिब् १५ वटा चलचित्र घरमा समेत ‘काली’ को प्रदर्शन हुने छ।  यहि असोज २५ गते रिलिज हुने ‘काली’ ले दशैंको उपलक्षमा सर्बसाधारणलाई मनोरन्जन दिने छ । ‘काली’को प्रदर्शन अधिकार आँफूले नपाएर छबीराज ओझाले पाएको रिसमा वितरक मनोजराठी ले ‘काली’ संग जुधाउन रेखाले नै खेलेको एक भोजपुरी फिल्म ‘दामीनी’ को प्रदर्शन अधिकार खरिद गरेका थिए । रेखाका दर्शक बिभाजित हुन भन्ने उद्देश्यले सोहि दिन प्रदर्शन शुरु हुने ‘दामीनी’ले भन्दा आफ्नो ओरिजिनल नेपाली फिल्म ‘काली’ले दर्शक तान्नेमा कुरामा रेखा बिश्वस्त भएको बताएकी छिन । 

यता दशैको मुखमा आएर आफ्नो भोजपुरी चलचित्र दामिनी नेपालमा चल्ने भएपछि नेपाली दर्शकको माया पाइरहदा धेरै पैसाको लोभले नेपाली चलचित्र क्षेत्रलाई लात मादै भोजपुरी चलचित्र क्षेत्रमा हराएका बिराज भट अहिले दर्शकहरु आफ्नो चलचित्र हेर्न आतुर छन् भन्दै गफ हानिरहेका छन् । अव नेपाली दर्शकले बिराजलाई लात हान्छन् या माया गर्छन् असोज २५ बाट नै थाहा होला ।