• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

श्रमिककै लागि हो संविधानः प्रभाकर



काठमाडौँ,  ४ कात्तिक –

एकिकृत नेकपा माओवादीका नेता जर्नादन शर्मा ‘प्रभाकर’ले बर्षौदेखि दासताको जीवन बिताउन बाध्य भएका श्रमिक जनताको पक्षमा संविधान लेख्न नै संविधानसभा निर्वाचन हुन थालेको बताउनुभएको छ ।  दाङ देउखुरीको चैलाही गाविसमा मुक्त कमैयाहरुलाई सम्वोधन गर्दै उहाँले मुक्त कमैयाको हक अधिकार सुनिश्चितता लागि नै चुनाव हुन लागेकाले मतदाताहरुलाई सचेत भएर आफ्नो वर्ग चिन्न आग्रह गर्नुभयो ।

मुक्त कमैया तथा सुकुम्वासीको पक्षधर दललाई बिजय बनाए मात्रै उनीहरुको पक्षमा संविधान बन्ने नेता उहाँको भनाइृ छ । पुर्व शान्ति मन्त्री शर्माले आफ्नो पार्टीले ठाउँठाउँमा भवन निर्माण गरी वास्तविक सुकुम्बासीलाई आवास व्यवस्था गर्ने, प्राविधिक तालिम दिई स्वरोजगारको लागि विना धितो ऋणको व्यवस्था गर्ने र निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था गर्ने नीति घोषणापत्रमा अघि सारेको जानकारी जानकारी दिनुभाये । नेता प्रभाकरले आजै देउखुरी क्षेत्रका वुद्धिजीवी र शिक्षकहरुसग पनि भेटघाट गर्नुभएको छ ।