• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले

चेतन र सुवोध तताए चितवनको चुनावी माहोल



चितवन,- कलाकार चेतन सापकोटा र सुवोध गौतमले एकीकृत नेकपा (माओवादी) चितवनको चुनावी माहोल तताएका छन । हिजो (शुक्रबार) निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेद्वार नारायणप्रसाद दाहालको चुनावी प्रचारप्रसारमा केन्द्रित कलाकार सापकोटा र गौतमले आज (शनिबार) भने चितवनको क्षेत्र नम्बर ४ लाई तताए ।

क्षेत्र नम्बर ४ अन्तर्गत मंगलपुर बजारमा आयोजित कोणसभामा सापकोटाले मतदातालाई जुरुकजुरुक पारेका थिए भने, गौतमले पेट मिचीमिची हास्न बाध्य पारेका थिए । एकीकृत नेकपा (माओवादी) का चित्रबहादुर श्रेष्ठको चुनावी प्रचारप्रसार गरिरहँदा नेपाली काँग्रेस, नेकपा एमालेका सोही ठाउँमा केन्द्रित कोणसभा भने खल्लो भएको थियो ।

कोणसभामा बोल्दै एकीकृत नेकपा (माओवादी) का उम्मेद्वार चित्रबहादुर श्रेष्ठले जसको अवधारणा उसैलाई जिताएर संविधान निर्माणको काम सम्पन्न गर्न जनतासामु आग्रह गरेका थिए । उनले एकीकृत नेकपा (माओवादी) को जीत संविधान निर्माण सुनिश्चित हुने भएकाले पनि एमाओवादीलाई बहुमत दिन आग्रह गरे । कार्यक्रममा एकीकृत नेकपा (माओवादी) समानुपातिक तर्फका उम्मेद्वार अन्जान तिमिल्सिना ‘सघर्ष’, एकीकृत नेकपा (माओवादी) क्षेत्र नम्बर ४ का संयोजक सुदर्शन पौडेल, प्रचारप्रसार संयोजक पवित्रा रिजाल ‘स्मृति’ लगायतले माओवादीलाई मत दिएर जनताको संविधान बनाउन सहयोग गर्न अनुरोध गरेका थिए ।

यसैगरी क्षेत्र नम्बर ४ अन्तरगत भरतपुर–९ केन्द्रित मोटरसाइकल ¥याली पनि गरिएको छ । स्थानीय मतदाताको माग पछि मोटरसाइकल ¥याली आयोजना गरिएको बताइन्छ । यसैबीच एकीकृत नेकपा (माओवादी)का क्षेत्र नम्बर ३ का उम्मेद्वार नारायणप्रसाद दाहालले शनिबार पनि भरतपुर–१० केन्द्रित कोणसभा र घरदैलो कार्यक्रम गरी मत मागेका छन । बिहान भनपा–१० हाकिम चोकमा कोणसभा गरी शुरु भएको घरदैलो कार्यक्रम गरेका थिए ।

कोणसभामा बोल्दै दाहालले पहिचानसहितको संघीयता, समावेशी–समानुपतातिक लोकतन्त्र अग्रगामी संविधानको मूलमन्त्र भन्ने नारालाई सार्थक पार्न यस पटकको निर्वाचनमा माओवादीलाई बहुमत र संघीयता पक्षधरलाई दुई तिहाई मत दिन आग्रह गरेका थिए । उनले नेकपा (माओवादी)लाई मतदान गरेमा मात्र नेपाली जनताले नयाँ र अग्रगामी संविधान पाउने भएकाले माओवादीलाई मतदान गर्न जनतासामु अनुरोध गरेका थिए । क्षेत्र नम्बर ४ मा साँस्कृतिक कार्यक्रम प्रदर्शन गरेका कलाकारद्वय आजै क्षेत्र नम्बर १ र २ केन्द्रित कोणसभामा पनि आफ्नो प्रस्तुती देखाउने कार्यक्रम रहेको एकीकृत नेकपा (माओवादी) चितवनले जनाएको छ ।