• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि ★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान

‘एचटीभी फिल्मीखबर डी सिने अवार्ड’मा जीवन र रेखा उत्कृष्ट



काठमाण्डौमा सम्पन्न ‘एचटीभी फिल्मीखबर डी सिने अवार्ड’मा  नायक जीवन लुइटेल र  नायिका रेखा थापाले क्रमश   ‘नोटबुक’ र ‘लंका’  चलचित्रबाट अवार्ड जीतेका छन् । नेपालमा बर्षभरी बनेका डीजीटल सिनेमाहरुलाई समावेश गर्दै विगत ५ बर्षदेखि यो अवार्ड प्रदान गरिदै आएको छ । कुल २६ विधामा प्रदान गरिएको अवार्डमा चलचित्र मायाज बार, रिजम र नोटबुकको बर्चस्व देखिएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष शान्तिप्रियले अवार्डलाई विवादरहित बनाउँदै सिने नगरीको धरमराउँदो परिस्थितमा अवार्ड कार्यक्रम गर्न गाह्रो भएपनि आफूहरुले निरन्तरता दिएको बताए । कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न प्रस्तुतीले अवार्डलाई आकर्षक बनाएको थियो । कार्यक्रममा छाँयाछवी पत्रकारिता पुरस्कारबाट पत्रकार राजन घिमिरेलाई ५ हजार ५ सय ५५ रुपियाँ र सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो । यस्तै स्टार एफ एम इन्करेजमेन्ट अवार्डबाट आश्मा फिल्मस्का लागि दिपेन्द्र के खनाललाई चलचित्र ‘भिजिलान्ते’का लागि पुरस्कृत गरिएको थियो । अवार्ड कार्यक्रममा सिनेमा क्षेत्रका चर्चित हस्तिहरुको उपस्थिती थियो । पाचौ फिल्मीखबर डी सिने अवार्डका विजेताहरुको नामबली यसप्रकार छ

१. उत्कृष्ट चलचित्र : रिदम(वान टाइम सिनेमा)

२. उत्कृष्ट निर्देशक : विकास आचार्य (रिदम)

३. उत्कृष्ट नायक : जीवन लुइटेल(नोटबुक)

४. उत्कृष्ट नायिका : रेखा थापा(लंका)

५. उत्कृष्ट सहअभिनेता : विल्सन विक्रम राई(रिदम)

६. उत्कृष्ट सहअभिनेत्री : करिश्मा मानन्धर(मायाज बार)

७. उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान(मायाज बार)

८. उत्कृष्ट सम्पादक : विपिन मल्ल(अध्याय)

९. उत्कृष्ट चरित्र अभिनय : टिका पहारी(मञ्जरी)

१०. उत्कृष्ट नव निर्देशक : दिपा बस्नेत(अन्तराल)

११. उत्कृष्ट नवनायक : गजित बिष्ट(मायाज बार)

१२. उत्कृष्ट नवनायिका : सीमा केसी(यूज)

१३. उत्कृष्ट खलपात्र : झरना थापा(फेसबुक)

१४. उत्कृष्ट संगीत : अर्जुन पोखरेल(मेरो जीवनसाथी)

१५. उत्कृष्ट गायक : प्रल्हाद तिमिल्सिना(नोटबुक)

१६. उत्कृष्ट गायिका : मिलन अमात्य(नोटबुक)

१७. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल(रिदम)

१८. उत्कृष्ट नृत्य निर्देशक : शंकर बीसी(मेरो जीवनसाथी)

१९. उत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त(हमेशा)

२०. उत्कृष्ट संवाद : शिवम अधिकारी(नोटबुक)

२१. उत्कृष्ट पटकथा : विकास आचार्य(रिदम)

२२. उत्कृष्ट कथा : योगेश घिमिरे(नोटबुक)

२३. उत्कृष्ट बालकलाकार : अनुभव रेग्मी(रिदम)

२४. उत्कृष्ट ध्वनी मिश्रण : मनोजराज भण्डारी(फूलस्टप)

२५. उत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की(मायाज बार)

२६. उत्कृष्ट श्रृङगार : नीमा लामा(धन्दा)

पब्लिक च्वाईस अवार्ड : गौरब पहाडी

चलचित्रकर्मी रजत सम्मान : मदनदास श्रेष्ठ र शर्मिला मल्ल

जुरी अवार्ड (नायक) : अर्पण थापा

जुरी अवार्ड (नायिका) : निशा अधिकारी

जुरी अवार्ड (निर्देशक) : दिनेश डीसी जुरी अवार्ड : शिरिषको फूल