• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी ★   हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना ★   रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी ★   प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट ★   कोशी प्रदेशको राजनीति झन् पेचिलो ★   सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते ★   सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते (अपडेट) ★   संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर ★   बागमती, गण्डकी र कर्णालीमा आज हल्का पानी पर्ने ★   भारतमा पहिलो चरणमा १ सय २ लोकसभा सदस्यका लागि आज चुनाव

नेपालको माया भए एकीकृत माओवादीलाई भोट : कलाकारहरु



संविधानसभाको दोस्रो निर्वाचन नजिकिदो अवस्थामा गाउँ–गाउँमा चुनावी रौनक बढेको छ । पार्टीका कार्यकर्ता, नेतादेखि तल्लो तहका जनतासम्ममा चुनावी बहस हुने गरेको छ । देशमा छाएको चुनावी माहोलबाट कलाकारहरु पनि अछुतो रहन सकेका छैनन् । देशका विभिन्न स्थानमा हुने गरेका चुनावी सभामा कलाकारहरुले खुलेरै भोट माग्ने गरेका छन् । ‘खेलकुद र सँस्कृतिका लागि सिर्जना’ भन्ने नाराका साथ झापाको लखनपुरस्थित धिमाल राष्ट्रिय संग्रहालय निर्माणस्थल मैदानमा आयोजित बृहत साँस्कृतिक तथा खेलकुद महोत्सव कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको निकै जमघट देखियो । चुनावको मुखमा आयो माओवादी बोलको गीति एल्वम सार्वजनिक गरेका चर्चित संगीतकार चेतन सापकोटाले जनवादी गीत गाउँदै नेपालको माया भए एकीकृत माओवादीलाई भोट हाल्न आग्रह गरे ।

एमाओवादीबाहेकको अरु शक्तिले देशमा परिवर्तन ल्याउन नसक्ने बताउँदै कुनै संकुचन नराखी एमाओवादीलाई दुई तिहाई बहुमत दिलाउन आग्रह गरे । देशको समग्र विकासको लागि निश्चित अवधिसम्म एकीकृत (माओवादी) लाई सरकार चलाउन आवश्यक बहुमत दिलाउन जनतासमक्ष उनले अपिल नै गरे । कार्यक्रममा जनवादी गायक जेवी टुहुरे, गिरिराज पौडेललगायतले आ–आफ्ना सांस्कृतिक प्रस्तुतिहरु पस्कँदै परिवर्तन पक्षधर शक्तिलाई दुई तिहाई मत दिन आग्रह गरे । युवा हाँस्य व्यङ्ग्यकारको प्रस्तुतिले सहभागिहरुलाई थप उत्साहित बनाएको थियो ।

एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनको मुख्य आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न खेलका प्रदर्शनीहरु प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए । झापा क्षेत्र नम्बर ७ का उम्मेद्वार तथा पूर्वसँस्कृति मन्त्री गोपाल किराँतीका लागि लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा ४ हजार बढी सर्वसाधारणको सहभागिता रहेको थियो ।