• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

‘वितेका पल’को गीत सार्वजनिक



आगामी पौष २६ गते रिलिज हुन लाएको फिल्म ‘वितेका पल’को गीत सार्वजनिक गरिएको छ । अभिनेत्री केकी अधिकारीसँग नव अभिनेता अबिनाश गुरूङले यस गीतमा अभिनय गरेका छन् ।

डम्बर नेपालीको शब्द तथा संगीतमा बाबु बोगटी र प्रकृती गिरीले स्वर दिएको यस गीतलाई भारतको दार्जीलिङमा छायाँकन गरिएको हो । गीतको करियोग्राफी शंकर बिसीको रहेको छ । सुरज सुब्बा ‘नाल्बो’को लेखन तथा निर्देशन रहेको यस फिल्मलाई राजेश घतानी र क्रिष रिजालले निर्माण गरेका हुन् ।

अधिकांश सुटिङ दार्जीलिङमा नै गरिएको यस फिल्ममा केकी र अबिनाशको साथमा बाबु बोगटी, आकाश खवास लगायतको अभिनय रहेको छ ।