• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल ★   डढेलोले खोटाङमा तेह्र घर खरानी ★   ट्रयाक्टरले किचेर एकको मृत्यु ★   चित्रकलामा भविष्य खोजिरहेकी निर्मला ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा

संगठित आवाज राख्ने ठाउँ खोज्दै जाँदा एमाओवादी विचारको नजिक पुगे



काठमाडौं – नायिका रेखा थापाले आफू कुनै पनि पदको लोभमा राजनीतिमा नलागेको बताएकी छिन् । रेखाले पलायन हुँदा युवा जगत्मा निराशा पैदा हुने हुँदा देशमै बसेर केही गर्न सकिन्छ भनेर राजनीतिमा लागेको बताएकी हुन् । ‘म मन्त्री भइएला वा प्रधामन्त्री बनिएला भनेर राजनीतिमा लागेको होइन,’ उनले भनिन्, ‘कलाकारले नाच्ने गाउने मात्रै होइन निर्णायक तहमा पुगेर काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न पनि राजनीतिमा लागेकी हुँ ।’ कलाकार विदेश गएमा वा पेशाबाट पलायन भएमा फिल्म जगत्मा केही रहेनछ भन्ने सन्देश जाने हुँदा पनि स्वदेशमै केही गर्नुपर्ने उनको भनाइ छ । ‘हामी पलायन भए नवप्रवेशीहरु आत्तिन सक्छन्,’ आफूभन्दा सिनियर नायिका करिष्मा मानन्धर अमेरिका गएको बेला आफूमा आएको अनुभव बाँड्दै रेखाले भनिन्, ‘त्यस्तो नहोस् भन्नका लागि पनि मैले यहीं केही गर्नुपर्छ ।’ एक्लै आफ्ना कुरा राख्दा कसैले नसुनेपछि राजनीतिक संगठनमार्फत भिजन कार्यान्वयन गर्न सकिने सोच पनि छ, रेखा थापामा । संगठित आवाज राख्ने ठाउँ खोज्दै जाँदा आफू एमाओवादी विचारको नजिक पुगेको रेखाको स्पष्टोक्ति छ । नेतृत्वदायी महिला सम्बन्धी सिनेमा ‘काली’को सफलता सँगै अहिले राजनीतिमा अझ बढी सकृय रहेकी छन् रेखा । अब आफूले लामो समय राजनीतिमै बिताउने पनि उनले सुनाइन् ।