• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

‘मिस नेपाल’लाई पिजि सर्टिफिकेट



नायिका तथा निमात्री शुभेच्छा थापाले निर्माण गरेको चलचित्र मिस नेपाल प्रदर्शनको तयारीमा छ । यो चलचित्रलाई सेन्सर बोर्डले पिजि सर्टिफिकेट दिएको छ । चलचित्र भित्र मोडलको रुपमा प्रस्तुत गरिएकी महिला कलाकारले रक्सि पिएको दृश्य राखिएको हुनाले मिस नेपाललाई पिजि सर्टिफिकेट दिईएको सेनसर बोर्डले जानकारी दिएको छ । पिजी सर्टिफिकेटसँगै १६ वर्षमूनिका दर्शकले आफ्नो अभिभावकसँग मात्र यो सिनेमा हेर्न पाउने भएका छन्। सुरेन्द्र तुलाधरले निर्देशन गरेको ‘मिस नेपाल’मा शुभेच्छा थापा सहित कल्याण घिमिरे, सुरज सिजापति, सविन श्रेष्ठ, क्षितिजा शाक्य, सोनु केसी, नविन श्रेष्ठ, बिमला गिरीलगाएतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा मिस नेपाल प्रतियोगिताभित्र हुने शोषण र विकृतिलाई समेत चित्रण गरिएको शुभेच्छाले बताएकी छिन् ।