• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

घिमिरेले नयाँ पार्टी खोल्ने



काठमाडौँ, २३ कात्तिक –

काठमाडौँ निर्वाचन क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार सुप्रभा घिमिरेले निःस्वार्थ देशभक्तहरूको संलग्नतामा सङ्घीय समाजवादी लोकतान्त्रिक सङ्गठन गठन गरिने जानकारी दिनुभएको छ ।

 पूर्वसभासद् घिमिरेले महिला समुदायको राजनीतिमा पहुँच पु¥याउन आफूले योगदान गर्ने दृढता व्यक्त गर्नुभयो । आफूले स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली काँग्रेसले फिर्ता लिन ठूलो दबाब दिएको भए पनि त्यस क्षेत्रका जनताको सेवा तथा अधिकार संरक्षण गर्न आफूले उम्मेदवारी कायमै राखेको बताउनुभयो ।

नेत्री घिमिरेले आर्थिक रुपले विपन्न वर्गका सन्तानका लागि शैक्षिक तथा रोजगारीका योजना आफूसँग रहेको पनि जिकिर गर्नुभयो । उहाँ अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट काँग्रेसबाट विजयी बन्नुभएको थियो ।