• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

एमाओवादीको मेचिकाली अभियान पाचौं दिन सालझण्डी देखी कोहलपुर सम्म



रुपन्देही, २४ कार्तिक । संविधानसभाको निर्वाचन केन्द्रीत एकिकृत नेकपा माओवादीको मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्र्तगत आइतवार पाँचौ दिन रुपन्देहीको सालझण्डीबाट सुरु भएर बाँकेको कोहलपुर पुग्दै छ ।

सालझण्डीमा हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता बाबुराभ भट्टराई र स्थानिय उमेदवारहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको अभियानको रिपोर्टीङमा रहनुभएका सहकर्मी सचित रोकाले जानकारी दिनुभयो । नेता नारायणकाजि श्रेष्ठले भने आईतवार मकवानपुरको क्षेत्र नंबर २ अन्र्तगत बज्रबाराहीमा हुने सभालाई सम्बोधन गर्नुहुने छ ।

सालझण्डिबाट सुरु हुने अभियान विभिन्न स्थानमा सभा गरेर कपिलबस्तु, दाङ हुँदै बाँकेको कोहलपुरमा पुग्ने छ । अभियान अन्र्तगत एकीकृत माओवादीले आइतवारनै कपिलबस्तुको ‘४ नंबर जितपुर’ र चन्द्रौटामा सभा गर्दै छ । कपिलबस्तुको क्षेत्र नंबर १ मा एकीकृत माओवादीले जनमुक्ति सेनाका पुर्व डेपुटी कमाण्डर चक्रपाणी खनाल बलदेबलाई प्रत्यक्ष तर्फको उमेदवार बनाएपछि माहौल निकै तातेको छ ।

अभियान अन्र्तगत माओवादीले आइतवार दाङ्मा चारवटा सभा गर्ने भएको छ । दाङमा भालुवाङ, लमही, घोराही र तुल्सीपुरमा सभा हुने छन् । अघिल्लो संविधानसभा निर्वाचनमा एमाओवादीेले दाङका सबै ५ क्षेत्र सहित राप्तीका पाँच वटै जिल्लाबाट जित हाँसिल गरेको थियो । अभियान टोली दाङ्का सभा सकेर आइतवारनै बाँकेको कोहलपुरमा आयोजना हुने सभामा पुग्ने जनाईएको छ ।
काँकडभिट्टाबाट बुधबार सुरु भएको अभियानमा लाखौले सहभागिता जनाएका छन् । नेतृत्वको प्रहरी, वाईसीएल, एमाओवादी कार्यकर्ता र सर्वसाधारले सुरक्षा प्रदान गरेका छन् ।