• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

उमेरअनुसार बिहे गर्ने समय भयो



 

 
आफैले आफूलाई कत्तिको राम्री देख्नुहुन्छ ?

अहँ, पटक्कै राम्री लाग्दैन ।

ऐना हेर्दा कस्तो लाग्छ नि ?

थाहा नै भएन । म त ऐना अगाडि बस्दै बस्दिन ।

ऐना हेर्ने उमेर भएन र ?

उमेर त भयो । म त बुढी भए जस्तो लाग्छ ।
किन तनी बुढी कन्या भएर बसेको ? कि हर्मोन विकास नभएर जवानीको फिल नभएको हो ?
हैन हैन म एकदम हेल्दी छु । उमेरअनुसार पो बिहे गर्ने समय भयो भनेको । हास्दै… तर मन त कहाँ बुढो हुन्छ र । परिवारको सानो छोरी भएर होला जहिले पनि सानी छु जस्तो लाग्छ भन्या आफूलाई ।
मेकअप कत्तिको गर्नुहुन्छ ?

म त्यति धेरै मेकअप गर्दिन । तर गाँजल र ग्लस् चाहिँ प्रायः लगाउछु ।
केटीको सोह्र श्रृगार भन्छन् किन हो तनी मेकअप नगर्ने ?
म प्रायः क्याजोअल ड्रेसमा हुन्छु । साडी वा पाटी ड्रेसमा श्रृगार सुहाउने भए पनि क्याजोअलमा सुहाउँदैन । त्यसैले नलगाएको ।

छातीमा खोपेको ट्याटुको चर्चा त निकै भयो नि ?

अ छातीको ट्याटुले निकै चर्चा पायो । पहिला चर्चा बढी भएपनि अहिले कमन जस्तो भइसक्यो ।

जीवन के रहेछ त ?

एक शब्दमा भन्दा संघर्ष हो ।
प्रेम नि ?

अति आवश्यक चिज हो । प्रेमविना जीवन कसरी चल्छ र । यो त जसलाई पनि चाहिन्छ । तर अर्को प्रेममा इन्ट्रेस्ट छैन् ।
किन हो तनी अर्को प्रेममा रुचि नभाको ?
उमेर पनि भइसकेको छ । तर मन प¥यो भन्दैमा बुझ्दै नबुझी कदम चाल्न पनि त भएन नि । मन पर्ने व्यक्ति नभेटेको होइन तर उसलाई बुझ्न त केही समय चाहिन्छ नै । बुझ्दै जाँदा कोही पनि राइट निस्केनन् भन्या ।
पर्नु पिर प¥यो, ज्यानलाई भने जस्तो भएछ है ?

त्यति साह्रै पनि हैन ।

राम्री हुनुहुन्छ, प्रपोज त आँउछ होला नि ?

हेर्नुन मेरो उमेरका भन्दा पनि सानो उमेरका भाइहरुले बढी प्रपोज गर्छन् ।
सपनाको राजकुमार कस्तो छ त ?

भने जस्तो पाइँदैन के भन्नु । तैपनि माया गर्ने होस्, केटीको सम्मान गर्ने होस्, एजुकेटेड होस्, कालो गोरो, होचो अग्लो जस्तो भएपनि हुन्छ ।
सेक्स के रैछ त ?
सुनेको छु, बुझेको छु । केही चलचित्रमा त्यस्ता सिनहरु देखेकी पनि छु तर त्यस्तै चलचित्र भने हेरेकी छैन । स्कुलदेखि नै यो बारे पढ्दै आइयो यसैले बुझेकी छु । यही नै हो भन्ने त के छ र ।
 
बिहेअघिको सेक्सलाई कसरी बुझ्नु हुन्छ ?

हाम्रो समाजअनुसार चल्नुपर्छ । जति नै मोर्डन भएपनि नेपाली समाजमा बिहेअघिको सेक्स स्वीकार्य छैन । समाज जस्तै मलाई पनि । तर कसैले आपसी समझदारीमा गर्छन् भने मेरो भन्नु केही छैन ।
तपाईंको एउटा गोप्य कुरा ?

म बाहिर जति चकचके छु भित्र त्यत्तिकै व्यवहारिक पनि छु ।