• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

रोनाल्डोकी गर्लफ्रेन्ड इरिना बलिउडमा



सबैभन्दा महंगा फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड इरिना छिट्टै बलिउड चलचित्रमा देखिने भएकी छन् । उनी जर्मन मोडल हुन् । अँग्रेजी पत्रिका ‘मिड डे’का अनुसार इरिना केही दिन अघि भारतको एक फेशन शो को सिलसिलामा मुम्बई गएकी थिइन् । त्यहाँ उनको केही चलचित्रकर्मीसँग छलफल भयो । कतिपयले उनलाई बलिउड चलचित्रमा खेल्न प्रस्ताव राखे र उनले पनि काम गर्न इच्छा देखाइन् ।

अँग्रेजी पत्रिका ‘मिड डे’का अनुसार उनलाई हिन्दी चलचित्र राम्रो लाग्छ । उनले ‘स्लमडग मिलेनियर’ नामक फिल्म पाँचपटकसम्म हेरेकी थिइन् । जर्मन ब्युटी इरिनाले यसअघि ‘हरक्युलिस’ नामक हलिउड फिल्ममा काम गरिसकेकी छन् । उनले प्रख्यात अन्तराष्ट्रिय पत्रिकाका कभर पेजमा पनि स्थान पाएकी छन् । अन्तराष्ट्रिय मोडल इरिना र रोनाल्डोको करिब तीन बर्षदेखि अफेयर चल्दै आएको छ ।