• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान ★   राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा ★   निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ: प्रधानमन्त्री ★   सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए ★   यशराजको आगामी फिल्ममा विशेष लुकमा देखिदै बबी देओल ★   चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई कुलमानको आह्वान ★   बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री ★   लोकमार्ग छेउछाउमा बढ्दै बस्ती ★   राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालबाट राजीनामा

सोलो रिलिजको मौका पायो ‘लोफर’ले



काठमाडौं, १८ मंसिर – 

मंसिर २१ गतेदेखि चलचित्र ‘लोफर’  करिब एक सय पर्दामा सोलो रिलिज हुँदैछ । अर्थात् ‘लोफर’ रिलिज हुने दिनमा कुनै पनि नेपाली चलचित्र रिलिज हुने छैनन् । काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा छवि सम्मिलित एफडी कम्पनीले ‘लोफर’ प्रदर्शनको जिम्मा लिएको छ । सोलो रिलिजको मौका कसरी मिल्यो ? निर्माता ओझाले सबै फिल्म सम्वद्ध संघ संस्थाको सहयोगले आफ्नो फिल्मलाई सोलो रिलिजको मौका मिलेको प्रतिक्रिया दिए ।

 

निर्माता ओझाले निर्माण गरेको चलचित्र  पहिलो पटक सुविधा सम्पन्न मल्टीप्लेक्स स्टेशनमा प्रदर्शन हुँदैछ । सिङगल स्क्रिनका सफल निर्माता ओझा मल्टीप्लेक्समा पनि सफल होलान् ? मंसिर १८ गते चलचित्र बारे जानकारी गराउन प्रेस सोको आयोजना गर्ने बताउँदै छविले भने- ‘चलचित्र राम्रो बनेको छ । म सफल हुनेमा ढुक्क छु ।’

 

अन्य फिल्म प्रतिस्पर्धामा उत्रिंदा समेत घाटा नबेहोरेको छविको फिल्मले सोलो रिलिजको पाउँदा कस्तो व्यापार गर्छ ? प्रतिक्षा गर्रौ । आदित्य विक्रम लम्साल निर्देशित ‘लोफर’मा आर्यन सिग्देल, दयाह्याङ राई,  रजनी केसी, कमलमणी नेपाल, सुशिलराज पाण्डे लगायतको अभिनय रहेको छ ।