• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

चलचित्र ‘राघव’को फस्ट प्रोमो सार्वजनिक



चलचित्र ‘राघव’को  फस्ट प्रोमो सार्वजनिक गरीएको छ । चलचित्रलाई अभिनेता राजवल्लभ कोइरालाले निर्माण गरेका हुन् । ‘राघव’ले लामो दुरीको सम्बन्धमा प्रेमी प्रेमीका बिच आउने उतार चढावलाई मुख्य विषय बनाएको छ । ‘राघव’मा शिबिर पोखरेल ,अस्मिता ढकाल, केइट वार्सेल, रकेन व्यञ्जनकार लगायत अन्य कलाकारको फिल्ममा अभिनय छ । भूपेन्द्र भट्टराई निर्देशित राघव २०१४ को मार्च महिनामा नेपालसँगै विश्वका विभिन्न मुलुकबाट एकसाथ प्रदर्शनमा आउँदैछ । राजबल्लभ कोईराला फिल्म्स, प्लानेट ३ फिल्म्स, आईडिया एन्डइमेज र अन्डरग्राउण्ड टाकिजले निर्माण गरेको ‘राघव’लाई नेपाल र अमेरिकामा छायाँकन गरिएको छ ।