• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट ★   निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री ★   के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो? ★   स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल ★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री ★   बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन

महिला हिंसा विरुद्धको अभियान वारे



सचिन रोका –
लैङ्गिक असमानता विश्वभर टाउको दुखाईको विषय बनेको छ । अझ नेपाल जस्ता तेश्रो विश्वका मुलुकहरुका लागि त झन यो भयंकर चुनौतिको रुपमा खडा छ । यो समस्या निकै पूरानो भइसकेको छ । विश्वमा मातृसत्तात्मक युगको समाप्तीसँगै लैङ्गिक असमानता र त्यसमा पनि महिला हिंसाको सिलसिला सुरु भएको पाइन्छ । लैङ्गिक हिंसा भन्ने शब्द महिला हिंसाको पर्यायबाची जस्तै भइसकेको छ । महिला हिंसाको उल्टो पुरुष हिंसा भन्ने शब्दावली हामीले कहिल्यै सुनेका छैनौं । त्यो यसकारणले नसुनिएको हो कि महिलाले पुरुषमाथि गर्ने हिंसा रेकर्ड राख्ने स्तरमा देखिएको छैन । तर पुरुषले महिलामाथि गर्ने हिंसा अर्थात महिला हिंसा भन्ने कुरा संसारकै चुनौति बनेको छ ।

विश्वभर २५ नोबेम्बरदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । २२ वर्षअघिदेखि चल्दै आएको यो कर्मकाण्डीय अभियान हरेक वर्ष १० डिसेम्बरसम्म चल्ने गर्छ । नेपालमा पनि विभिन्न अधिकारवादी संघसंस्थाहरुले यसलाई धुमधामका साथ मनाइरहेका छन् । तर जतिसुकै अभियानहरु चलाइएपनि महिला हिंसा घटेको महशुुस कसैले गरेका छैनन । अभियानको क्रममा हरेक वर्ष अधिकारवादी संस्थाहरुले करोडौं रकम हल्लीखल्लीमै उडाउछन, सरकारले पनि महिला हिंसा विरुद्ध ‘आकाशका तारा धर्तीमा झार्ने’ ओठे प्रतिवद्धता जनाउने गर्छ । तर लैङ्गिक हिंसाका घटनामा बीसको उन्नाइस हुँदैन ।

महिला हिंसा भन्नाले महिलाको शरीरमाथि हुने बलजफ्ती, मानसिक यातना, सामाजिक अपमान र आर्थिक शोषण भन्ने बुझिन्छ । आफ्नो शरीर आफ्नै नियन्त्रणमा राख्न नसक्ने विडम्बनापूर्ण परिस्थिति महिलाहरुको लागि ठूलो समस्याको विषय बनिरहेको छ । यो परिस्थितिको लागि अपराधिक मनोबृत्तिका कुलङ्गार पुरुषहरु मुख्य जिम्मेवार छन् । अनि जिम्मेवार छन, धार्मिक रुढीवाद र सामाजिक कुरीतिहरु पनि ।

महिला भनेको श्रृष्टिको जननी हो र त्यो आफ्नी आमा तथा दिदी बहिनी सरह पुजनीय छ भन्ने कुरा नबुझ्ने राक्षसी प्रवृत्तिका पुरुष र तिनैलाई सघाउने धार्मिक मूल्य मान्यताहरु कायम रहेसम्म महिला हिंसा अन्त्यको कल्पना गर्न सकिँदैन । त्यस्तै महिलाहरुलाई बौद्धिक काममा नलगाउने राज्य, नीति निर्माणको तहमा नपु¥याउने राजनीतिक दल, पैत्रिक सम्पत्तिमा समान अधिकार नदिने बाबुआमा, आर्थिक अधिकारमा विभेद गर्ने रोजगारदाता, दाइजो नल्याएको निहुमा जिउदै जलाउने श्रीमान र न्यानो–पोषिलो चाहिने बेला छाउगोढमा थुन्ने समाज रहेसम्म महिला हिंसा अन्त्यको कल्पना गर्न सकिँदैन । तसर्थ लैङ्गिक असमानता अन्त्यको लागि सवभन्दा पहिले यी समस्याको समाधानमा जोड दिनुपर्दछ ।