• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल ★   युएईविरुद्ध नेपाललाई दोस्रो सफलता ★   जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण ★   सोमपालले दिलाए नेपाललाई पहिलो सफलता ★   मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी ★   अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ ★   गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे ★   एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य ★   ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा ★   युएईविरुद्ध नेपालले गुमायो सातौं विकेट

‘मोक्ष’लाई ‘युनिभर्सल सर्टिफिकेट’



काठमाडौं,  २४ मंसिर –

संगीत जीवनलाई पृष्ठभूमी बनाएर निर्माण गरिएको साँगितिक चलचित्र ‘मोक्ष’लाई चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले केहि संवाद र दृश्यमा कैंची चलाउँदै ‘युनिभर्सल सर्टिफिकेट’ दिएको छ । अब यो चलचित्रलाई सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने छन् ।

प्रविन श्रेष्ठ निर्देशित ‘मोक्ष’ माघ २४ गते अल नेपाल प्रदर्शन हुँदैछ । चलचित्रमा कोसिश क्षेत्री, वेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराइली, बसन्त भट्ट, विशाल ढुङ्गाना, सपना श्रेष्ठको मुख्य भूमिका छ । संजीव सिंह, नवक्रान्ती, प्रवीण श्रेष्ठ र रकशाष्त्रले फिल्ममा संगीत दिएका छन् । हरी हुमागाइँ, प्रताप सिंह र रविन श्रेष्ठको ‘मोक्ष’मा सिनेम्याटोग्राफी छ ।

मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्म्सको संयुक्त व्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्माता सुनिल मानन्धर हुन् । ‘हरेकका जीवनमा संघर्ष हुन्छ । चलचित्रका पात्र पनि एकखाले संघर्षबाट माथि आउन मुक्ति अथवा मोक्ष खोजिरहेका हुन्छन्,’ यस्तै थिम बोकेको बताउने निर्देशकले थपे- ‘मोक्ष वास्तविक घटनामा आधारित म्युजिकल चलचित्र हो ।’