• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण

राम्रो चलचित्र बनाउने सपना अधुरै …



चितवन, २५ मंसिर –

वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको राम्रो र सफल चलचित्र बनाउने सपना अधुरै बनेको छ । “म राम्रो र अझै परिस्कृत नेपालीपनको चलचित्र बनाउँछु भन्नुहुन्थ्यो”–उहाँका गुरु ऋद्धिचरण श्रेष्ठले केही महिनाअघि भएको कुराकानी सम्झँदै भन्नुभयो, “विडम्बना अब उहाँको सपना सपनामै सिमीत भएको छ ।” पछिल्लो समयमा घरमा बिरामी पछि आराम गरिरहेका बेलामा समेत निर्देशक रेग्मीले सञ्चारकर्मीसँग ओस्कार अवार्ड प्राप्त गर्ने चलचित्र निर्माण गर्नेसमेत बताउनुभएको थियो । तर उहाँका ती सपना सबै अधुरै बनेको छ । ‘‘उहाँका चलचित्रमा तल्लो वर्गका नेपालीका कथा र व्यथा हुन्थ्यो, अत्यन्त मृदुभाषी र काममा लागिरहने गर्नुहुन्थ्यो’’ उहाँका उत्तराधिकारी रहेका पुष्प आचार्यले भन्नुभयो ।

चितवनको नारायणी कला मन्दिरमा नाटक निर्देशक बनेर छोडेपछि उहाँको ठाउँमा अहिलेसम्म पुष्प नै रहनुभएको छ । म ठिक भएर आउँछु अनि राम्रो चलचित्र बनाउँछु उहाँले भन्नुभएको छ, कसैलाई नबिझाउने मान्छे कसो ठिक नहुनु होला, केही दिनअघि मात्रै उहाँकी पत्नी ज्ञानु रेग्मीले भनेको कुरा ताजै छ । मिर्गौला रोगका कारण करिब १० महिनादेखि उहाँ थलिनुभएको थियो । मिर्गौला प्रत्यारोपण गरिने तयारी गरिए पनि अन्य सङ्क्रमणका कारण सफल हुन नपाउँदै उहाँको निधन भएको हो । उहाका शिक्षक तथा चलचित्रकर्मी ऋद्धिचरण श्रेष्ठ उहाँको निधनले चलचित्र क्षेत्रले एक हस्ती गुमाएको बताउनुभयो । चलचित्र निर्देशक विमल पौडेलले उहाँले नेपाली चलचित्रमा नयाँ मोड ल्याइदिएको सम्झिनुभयो । यस्तै नायिका मौसमी मल्लले नेपाली चलचित्र क्षेत्रमै अपुरणाीय क्षति पुगेको बताउनुभयो ।

 

उहाँका तीन छोरी र एक छोरा छन् । परिवारका १० सन्तानमध्येका माहिला सन्तान रेग्मी दाजुभाइका जेठा हुनुहुन्थ्यो । अहिलेसम्म २० वटा चलचित्रमा निर्देशन गर्नुभएका रेग्मी ठूलो पर्दामा २०५७ सालदेखि लाग्नुभएको थियो । औपचारिक रुपमा २०४८ सालमा चितवनको नारायणी कला मन्दिरबाट उहाँले कलाकर्मको यात्रा थाल्नुभएको शुभचिन्तक पुष्प आचार्यले बताउनुभयो । उहाँको लेखन रहेको पहिलो चलचित्र ‘प्रेमपूजा’ हो भने निर्देशित पहिलो चलचित्र ‘आफन्त’ हो । उहाँका ‘आफ्नो मान्छे’, ‘सुखदुःख’, ‘ए मेरो हजुर’, ‘पाहुना’, ‘हामी तीन भाइ’, ‘कहाँ भेटिएला’ सफल चलचित्र हुन् । उहाँकै निर्देशनमा छोरी भावना नायिका भएको चलचित्र ‘सो सिम्पल’ हो । हाल उहाँले निर्देशन गरेको चलचित्र ‘पराई’ र ‘मनले मनलाई छुन्छ’ चलचित्र प्रदर्शनको तयारीमा छन् ।