• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

चलचित्र ‘पुन्टे परेड’ निर्माणको घोषणा



काठमाडौं, २६ मंसिर- 

किशोराअवस्थामा देख्ने सपनाहरूलाई मुख्य बिषय बनाएर ‘पुन्टे परेड’ नामक चलचित्र निर्माणको घोषणा गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रममा विच संयम पुरीलाई लिएर ‘पुन्टे परेड’ निर्माणको घोषणा गरिएको हो । ‘पुन्टे परेड` हरेक मानिसको किशोराअवस्थाको ऐना हो,’ फिल्मका निर्देशक सुवास कोईरालाले भने- ‘आफ्ना कल्पनालाई यथार्थमा उतार्न किशोरकिशोरीले गर्ने प्रयासलाई फिल्ममा कमेडी तरिकाले प्रस्तुत गरिनेछ ।’  निलु डोल्मा शेर्पाको कन्सेप्टलाई शान बस्न्यातले कथाको रूप दिएको ‘पुन्टे परेड’लाई हरि महतले निर्माण गर्दैछन् ।

 

आगामी सोमबारबाट राजधानीमा सुटिङ शुरू गरिने यस चलचित्रलाई निर्माणमा क्षेत्र श्रेष्ठ, सन्तोष कुम्बा, जयराम परियार र राजकुमार पटेलले साथ दिंदैछन् । यसै चलचित्रबाट नयाँ अनुहार एञ्जिला दाहालले संयम पुरीसँग चलचित्रमा देखिने छिन्  । यस्तै चलचित्रमा नट्टु शाह, रबिन्द्र खड्का, गीता अधिकारी, स्वेता थापा लगायतको अभिनय रहनेछ । अभिनेत्री प्रियंका कार्कीको बिशेष भूमिका रहने जानकारी गराईयो । ‘पुन्टे परेड’लाई बाबु थापाले खिच्दैछन् भने संगीत तारा प्रकाश लिम्बु र टेकनन्द लामाको रहनेछ । उज्जवल ढकालले चलचित्र सम्पादन गर्नेछन्  ।