• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

‘बितेका पल’को गीत रिलिज



काठमाडौँ, २७ मंसिर – 

आगामी पौष २६ गते रिलिज हुन लागेको चलचित्र ‘बितेका पल’को गीत रिलिज गरिएको छ । रोशन लामाको संगीत तथा राजेश घतानीको शब्द रहेको प्रस्तुत ‘स्याड भर्सन’को गीतमा जीना रसाईलीको स्वर रहेको छ । प्रेमकथामा आधारित यो चलचित्रलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् भने निर्माता राजेश घतानी र कृष रिजालले निर्माण गरेका हुन् । चलचित्रमा बाबु बोगटीको पनि मुख्य भूमिका छ तर उनको भूमिकालाई अहिले गोप्य राखिएको छ । सार्वजनिक गीतमा केकी अधिकारी र अबिनाश गुरूङको प्रेमलाई देखाईएको छ ।