• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

सौर्यलाई पनि सोलो रीलीजको अवसर



काठमाडौं, २८ मंसिर –

 ऐतिहासिक कथा सँगै सुपरहिरोको प्रसंग उठान गरीएको चलचित्र सौर्य आजबाट सार्वजनिक प्रर्दशनमा आएको छ । अघिल्लो शुक्रबार जस्तै यो शुक्रबार पनि चलचित्र सौंर्यले सोलो रीलीजको अवसर पाएको छ ।
हाकिम इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र सौर्यका निर्देशक मार्कन्डे दीपविम बस्नेत हुन् । सौगात मल्ल र अनुपबिक्रम शाही मुख्य भूमिकामा छन् । यस्तै फिल्ममा राजेश हमाल र हेमा श्रेष्ठलाई पनि बिशेष भूमिकामा देख्न सकिन्छ । २ घण्टा ३० मिनेट लामो चलचित्रलाई सुरेन्द्र गुरुङ हाकिमले निर्माण गरेका हुन् ।