• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

चलचित्र डिभोर्सको फस्ट प्रोमो सार्वजनिक



काठमाडौं, २८ मंसिर – 

चैत्र २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र डिभोर्सको प्रोमो सार्वजनिक गरीएको छ ।   मनिष पन्थ निर्देशित चलचित्रको सार्वजनिक गरिएको प्रोमोले यूवापुस्तामा बढ्दै गएको सेक्स भिडियो खिच्ने प्रचलन बारे बोलेको छ । सेक्स समयमा केटाहरुले केटीलाई मात्र खिच्ने र आफुहरु भिडियोमा नदेखिने कुरा प्रोमोले बताउँछ ।

रोहित पुरी र मिनप्रसाद श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र डिभोर्समा किशोर श्रेष्ठ, आभाष अग्रहरी, सरुना कार्की, बिनिता रम्तेल, बिना थापा, प्रदिप ढकाललगायतका कलाकारले अभिनय गरेका छन् ।   मनिष पन्थकै लेखन तथा छायाँकन रहेको चलचित्रमा विशाल हुँमागाई र कृष्ण भण्डारीको संगीत र सानुकुमार महर्जनको द्वन्द्व छ ।