• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

शक्ति र पावरको फ्युजन ‘जय हो’



काठमाडौँ, २८ मंसिर – 

यही जनवरी १४ मा रिलिज हुने बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘जय हो’  को प्रचार प्रसार केहि ढिला सुरु भएको छ । पब्लिसिटीमा  ढिलाई भएको कारण सलमान ले केहि समय अगाडी असन्तुस्टी समेत पोखेको खबर आएको थियो । चलचित्र जय हो मा आम मानिसको शक्ति र पावरलाई देखाउन खोजिएको एजेन्सी मा खबर छ ।बिहीवार सार्वजनिक भएको १ मिनेट १८ सेकेण्डको ट्रेलरमा सलमानले बोलेको “आम आदमी सुता हुवा शेर है ” डाइलग यति बेला चर्चामा छ ।सलमान को  एक्सन चलचित्रहरु मन पराउने सलमान का फ्यान हरुको लागि चलचित्र जय हो प्रतिक्षित चलचित्र बनेको छ । सलमानका भाइ अरबाज खानले निर्देशन गरेको चलचित्र दबंग २ ले बक्स अफिस मा ब्लक बस्टर भएपछी सलमानले यस चलचित्र जय हो मा आफ्ना कान्छा भाइ सोहिल खान लाइ निर्देशक बनाएका छन् । सोहिल निर्देशित यो चलचित्र  तेलेगु सुपरहिट ‘स्टालिन’ को रिमेक हो ।