• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

राउटेलाई रेखा थापा फाउण्डेसनको सहयोग (फोटोफिचर सहित)



काठमाडौं , ३० मंसिर- 

नायिका रेखा थापाले संन्चालन गरेको रेखा थापा फाउण्डेसनले राउटे जातिका ५२ परिवारलाई सहयोग गरेको छ ।   फाउण्डेसनका तर्फबाट अध्यक्ष समेत रहेकी नायिका थापाले प्रति परिवार एक बोरा चामल र केही रकम सहयोग गरेकी हुन । सुर्खेतको बिकट ठाँउमा बसोबास गर्दै आइरहेका राउटेहरुले नायिका थापाको सहयोग पाएपछि उनी आज देखि आफ्नै परिवारको सदस्य भएको बताए । नायिका थापा सहित उनको टोली आज डडेल्धुरा पुगेर त्यहाँका राउटेहरुसंग पनि भेट्ने कार्यक्रम रहेको छ ।   समाजसेवामा सक्रिय रहेकी नायिका थापाले पूर्व घोषित योजना अनुसार सोमबार राउटे बालबालिकाहरुसंग २४ घण्टा जंगलमा बिताउने कार्यक्रम समेत तय गरेकी छिन ।