• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

अष्ट्रेलियामा गुल्मीवासी जुटे




अध्ययन र रोजगारीको सिलशिलामा विश्वको विभिन्न मुलुकमा पुगेका नेपालीहरुले आफ्नो भाषा, संस्कृति , रहन सहन र आफु जन्मेको ठाउँ भुलेका छैनन् । आफ्नो देशबाट निकै टाढा समुन्द्रपार बसोबास गर्ने नेपालीहरुले आफु बसेको देशमा पुगेका जिल्लावासीहरुलाई संगठित गर्न थालेका छन् । संगठित भएर आफ्नो मातृभुमिको विकासमा योगदान गर्ने सोचाई अनुसार विदेशमा विभिन्न समाज र संगठनहरु प्नि निर्माण भएका छन् ।

अष्ट्रेलियाको सिड्नीमा नेपालको गुल्मीजिल्लाबासीहरुको भेला हुँदैछ भन्ने खबर फेसबुकबाट थाहा पाएर कार्यक्रम स्थल पुगेका चक्रपाणी तिवारी आईतवार दिउसो सिड्नीको दक्षिण क्यान्ड्रिक पार्क टेम्पेमा निकै खुसी देखिन्थे । काठमाण्डौमा नेपालको गुल्मीजिल्लाको निकै बर्चस्व छ । तर काठमाण्डौमै गुल्मीवासीको पिकनिक आयोजना गर्दा जती संख्यामा जिल्लावासी उपस्थित हुन्थे त्यो भन्दा बढी सिड्नीमा उपस्थित थिए । उक्त भेलामा गुल्मीबाट नेपालको नवलपरासी , रुपन्देही र चितवन बसाई सरेका र त्यहाँबाट अष्ट्रेलिया पुगेकाहरुको पनि बाक्लो उपस्थिति थियो ।
यो भेलामा रमाईलो पक्ष यो पनि थियो कि यहाँ तीनै पुस्ताको सहभागिता थियो । हजुरबुबा –हजुरआमा, बा–आमा र नाति – नातिना सहितको उपस्थिति भएको भेला निकै रमाईलो थियो । करिब दुईसय जनाको उपस्थिति रहेको भेलाले सिड्नीमा स्थापित व्यवसायी भिम खरेलको अध्यक्षतमा गुल्मेली समाज अस्ट्रेलिया गठन गरेको छ । डिसेम्बर १५ आईतवारका दिन भएको यो भेलाले उपाध्यक्ष पद भिक्टोरिया राज्यका लागि छुट््याएर पछि पुर्तिगर्ने बताईएको छ । अष्ट्रेलियामा सिड्नी सहित मेलवर्न , ब्रिस्वेन , एडिलाईट , क्यानवेरा लगायतका शहरमा पनि करिव १५ सय गुल्मीवासीको वसोवास रहेको छ । आईतवारको भेलामा भने क्यानवेराबाट पनि उपस्थिति थियो ।
१३ सदस्यि उक्त कार्यसमितिको सचिवमा श्याम केसी, सह सचिवमा सुभाष ज्ञवाली र कोषाध्यक्षमा भिष्म भण्डारी रहेका छन् । यस्तै समाजको सांस्कृतिक सचिव माया थापा र सदस्यहरुमा चतुर्भुज खरेल, बिज्ञान कार्र्की, सुभाष गौतम, कृष्ण सापकोटा, कमला बस्नेत जीसी, विष्णु भुषाल र मन्जु पौडेल रहेका छन् । यो भेलामा गैर आवसिय नेपाली संघका प्रवक्ता मन केसीले पदाधिकारीहरुको नाम घोषणा गर्दै सम्पुर्ण पदाधिकारीहरुको कार्यकाल सफलताको लागि शुभकामना दिएका थिए ।
उक्त भेलामा उपस्थित जिल्लावासीहरुलाई सम्बोधन गर्दै अध्यक्ष भिम खरेलले आफ्नो जन्म थलो, अध्ययन गरेको विद्यालय र गाउं बेसीको विकासमा समाज सक्रिय हुने विचार राखेका थिए । एन आर एन अष्ट्रेलियाका पुर्व उपाध्यक्ष पे्रम सापकोटाले पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । नबगठित कार्यसमिति सदस्य मञ्जु पौडेलले गित गाउँदा भेला झनै रमाईलो भएको थियो ।