• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

’राघव’को ओजिर्नल साउण्ड ट्रयाक सार्वजनिक



काठमाडौं, २ पुस –

चलचित्र ’राघव’को ओजिर्नल साउण्ड ट्रयाक सार्वजनिक गरिएको छ । सञ्जिव सिंहको शब्द, संगीत तथा स्वर रहेको ”तिम्रो त्यो बोलीले मलाई बोलायो…” बोलको गीतमा  शिबिर पोखरेल, अस्मिता ढकाल र अशिष्मा नकर्मीलाई फिचर गरिएको छ । चलचित्रको कथा पनि यिनै तीन पात्रले बोकेका छन् । चलचित्र ’राघव’लाई अमेरिकामा बस्दै आएका भुपेन्द्र भट्टराईले लेखन तथा निर्देशन गरेका छन् । चलचित्रमा शिबिर, अस्मिता र अशिष्मा सहित बिदेशी कलाकार रकेन व्यञ्जकार, केट ब्रासेलको मुख्य भूमिका छ । चलचित्रलाई राजबल्लभ कोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट-३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टकिजले निर्माण गरेको हो ।