• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल ★   आफ्नै श्रीमान् रेशमले हालेको मुद्दाले रञ्जितालाई तनाव ★   एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, प्रविधिमैत्री बनाइँदै ★   सगरमाथा आरोहणका लागि ३ सय ५२ ले लिए अनुमति ★   सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीलाई सफाइ ★   लखनउले चेन्नईलाई आठ विकेटले हरायो ★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा

‘बितेका पल’ को अडियो एल्बम बिमोचन



काठमाडौं, ३ पुस – 

चलचित्र ‘बितेका पल’ को अडियो एल्बम बिमोचन गरिएको छ । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीको साथमा चलचित्रको निर्माण यूनिटले सिनेमाको एल्बम बिमोचन गरेका हुन् ।कार्यक्रममा निर्माण यूनिटले चलचित्रको बिविद पक्षको बारेमा जानकारी दिएको थियो । यो चलचित्रको बलिउडका सफल चलचित्रहरु ‘मे हुँ ना’ र ‘बर्फी’ छायांकन गरिएको लोकेशनमा ९५ प्रतिशत छायांकन गरिएको बताइएको छ ।

 

चलचित्रमा केकी अधिकारी, बाबु बोगटी, नव कलाकार अभिनास गुरुङ, आकाश बाबु खवास, ईन्दु सुब्बा लगाएत कलाकारको अभिनय रहेको छ। चलचित्रमा हरि लामाको छायांकन, विपिन मल्लको सम्पादन, मोहित मुनालको पाश्र्व संगीत, बाबु बोगटी, डम्बर नेपाली, मोहित मुनाल, रोशन लामाको संगीत छ । बाबु बोगटी, शिव परियार, दिपक लिम्बु, सनुप पौडेल, प्रकृति गिरी, बानिका प्रधान, जिना रसाइलीले चलचित्रमा आवाज दिएका छन् ।