• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

गोपीकृष्णले किन्यो धुम-३को नेपाल राइट



काठमाडौं, ३ पुस –
गोपीकृष्ण मुभिजले बलिउड बहुप्रतिक्षित चलचित्र धुम-३ को नेपाल राइट खरिद गरेको छ । उक्त चलचित्रलाई अहिलेसम्मकै बढी मुल्य रु १ करोड ७६ लाखमा किनिएको हो । यसअघि चलचित्र चेन्यइ एक्सप्रसको नेपाल राइट रु ९० लाखमा बिक्रि भएको थियो । चलचित्र धुम- ३ आगामी शुक्रबारबाट बिश्वव्यापी रीलिज हुँदै छ । चलचित्रको लागत मँहगो परेको भन्दै निर्माण पक्षले टिकट दर केही बढ्ने जनाएको छ ।  चलचित्रमा अमिर खान, अभिषेक बच्चन, कटरीना कैफ, उदय चोपडा लगाएतको अभिनय रहेको छ ।