• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   ओलाङ्चुङगोला पुग्न सहज ★   शाहरुखको बारेमा मनिषाले भनिन्– ठूला स्टार भए पनि घमण्ड थिएन, भुइँमा बसेर चिया पिउँथे ★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण ★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ★   बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक ★   त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

आप्रवासन सम्बन्धी वृत्तचित्र प्रदर्शन



काठमाडौँ, ३ पुस –

अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा आज आप्रवासन सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको छ । अशोक थापाले निर्देशन गर्नुभएको ‘द ड्रिम अफ रियालिटी’ नामक वृत्तचित्रमा दोलखाका गणेशकुमार फुँयालको यथार्थ जीवनमा आधारित कथालाई विषयवस्तु बनाएर प्रस्तुत गरिएको थियो । वृत्तचित्रमा ३८ वर्षीय फुँयाल कामको सिलसिलामा एक वर्षअघि मलेसिया गएपछि काम गर्दागर्दै दुर्घटनामा परी उनको दुवै खुट्टा काट्नु परेको र अहिले उनी स्वदेशमै उपचारको क्रममा रहेको हृदयविदारक दृश्य देखाइएको छ ।

अलजजिरा इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिवल, बगदाद इन्टरनेसनल फिल्म फेस्टिवललगायतका प्रतिस्प्रर्धामा सम्मानित भएका निर्देशक थापाले मलेसियाको एस के बस कम्पनीमा कार्यरत फुँयालको घटनाका बारेमा कानुनी कारबाही अघि बढिरहेको जानकारी दिनुभयो । श्रम मन्त्रालयका सचिव शान्तकुमार श्रेष्ठले वृत्तचित्र प्रदर्शनीको शुभारम्भ गर्दै वैदेशिक रोजगारीका सन्दर्भमा बाहिर जानुअघि कामको प्रकृति अनुसारको सीप सिक्नु आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालयले पनि छोटो अवधिका विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्दै आइरहेको बताउनुभयो । 

त्यसैगरी सो कार्यक्रममा बेलायतका निर्देशक पिटर प्याटेसनले निर्माण तथा निर्देशन गरेको वृत्तचित्रमा लेबनानमा भएका नेपाली महिला र कतारमा भएका नेपाली आप्रवासीको अवस्थालाई पनि देखाइएको थियो । प्रत्येक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइन्छ ।