• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक

माया र सम्मानको त्यो किस शब्दमा लेख्न सक्दिन



रेखा थापा-

 

जब म सुर्खेत को ५२ परिवार बसोवास गर्ने राऊटे जाती को आँगन मा पुगेँ, तब मेरो शरीरमा एक प्रकार को ऊत्साह पैदा भयो, रेखा थापा फ़ाउन्डेशन को सुरुवात अवस्थामा जुन मेरो सोचाई र बुझाई थियो राउटे बस्ती त्यो भन्दा फरक रहेछ । उनीहरुलाई जब मैले प्रतक्ष देखें र बुझें तब मैले सुनेको भन्दा घेरै फरक पाएँ । म २१ औ शताब्दी को एऊटा बिकशित मानव र २१ औ शताब्दीकै र सुर्खेत शहरको छेऊमै रहेर पनि अबिकशित मानव जाति वीच आकाश र धर्ती वीचको जस्तै फरक लाग्ने त्यो अतुलनिय भिन्नता देख्दा मेरो मन भित्री हृदय देखिनै रोयो ।

 

फ़ाऊण्डेशन को सुरूवाती अवस्थामा राऊटे जातीको उत्थानको लागी म केही योगदान गर्छु भन्ने मनमा चाहना मात्र थियो भने हिजोवाट यो मेरो सपना संकल्प मा परिणत भएको छ। यो मेरो भाग्य मान्नुपर्छ जुन दिन म राउटे जातीको वस्तीमा छिरेकी थिएँ सोही दिन संयोगले उहाहरूको कुलपूजा गरने दिन रहेछ । पहिला त मेरो फ़ाउन्डेशन को टीम मेम्वरलाई उक्त वस्तीमा प्रवेश गर्नवाट वन्चित गरिएछ र पनि म उक्त स्थानमा पुग्नासाथ म लगायतको टीमलाई दैवीक शक्ति ले वरदान दिए झैँ लाग्ने गरि उहाँहरु को बस्तिमा सम्मान सहित छिर्ने अवसर मिल्यो। उहाँहरूको पुजा हेर्नलाई सालदेखी प्रतिछ्यारत गाउलेलाई पनि प्रवेश नदिई मलाई त्यो अबसर दिएको मा स्थानीयहरु पनि चकित भएको कुरा थाहा पाउदा म पनि छक्क परें। यो पल मेरो जीवनकै उपलब्धि भएको कुरा मैले महसुश गरेकी छु ।अझ सुखद कुरा त के भने, हरेक वर्ष मनाईने ऊहा़ंहरु को कुलपुजा भएकै दिन मेरो foundation ले प्रवेश पाउनु राम्रो हुने सुरुवातको संकेत हो भन्ने मैले ठानेकी छु ।

 

राउटे समूह को दयनिय अवस्थाको समाधान के होला भनेर बुझ्ने क्रममा अनायासै ममा के भाबना उत्पन्न भएर आयो र मैले मेरो नजिक उभिरहनु भएका राउटे दाइलाइ उहा को गालामा माया र सम्मान को किस गरें । त्यो किन गरें, म त्यो शब्द मा लेख्न सक्दिन, जो मानिससंग त्यो भाबना बुझन सक्ने मन छ, उसलाई मैले बुझाई रहनु पर्छ जस्तो मलाई लाग्दैन । अझै, मलाई उहाहरुले राउटे समूह को छोरी र सदस्य बनाएर जुन माया र सम्मान दिएकोमा म आफुलाई धेरैनै भाग्यवानी मानिस रहेछु भन्ने महसुश भएको छ । हिजो को दिन बाट मैले सुदुरपश्चिममा मेरो नयाँ परिबार पाएको छु, मेरो बा, आमा, दाजु, भाइ, दिदी, बहिनीहरु र त्यो मेरो परिवारलाई अब कसरी राम्रो गर्ने भन्ने मेरो जीबन को अति नै महत्वपूर्ण जिम्बेबारी हो र त्यो म पूर्ण रुपमा अन्तरात्माबाट पूरा गर्ने छु ।

 

 

अन्तमा रोचक कुरा त के भने, एउटा राउटे दाइले त मलाई चिन्नुहुने रहेछ भन्या ! उहा ले मेरो फिल्म सुर्खेतमा गएर हेर्नु भएको थियो रे, तर फिल्म को नाम चाही भुल्नु भएछ र पनि म त्यो पल धरै नै खुशी भएँ । म आँफु कलाकार भएको मा धेरै गर्व महसुश पनि भएर आयो किनकी मेरा लाखौ सुभचिन्तकहरु मध्ये त्यो राउटेदाई आज मेरो लागी करोडौ सुभचिन्तकहरु बराबर थिए । अन्तमा “झिम झिम सानु नझिमकाउ परेली भुतुकइ हुन्छु म” बॊल को गीत उहाहरु ले गाउनु भयो र हामी सबै परिवार संगै नाचेर फेरि चाडै भेट्ने र बाचा का साथ् आएको छु ।

 

रेखाको फेसबुक पेजबाट