• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन ★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु ★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते ★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप ★   प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने ★   आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती ★   पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि

बयासी हजारलाई पोलियो थोपा खुवाइने



 

नेपालगन्ज, ४ पुस –

यस वर्षको राष्ट्रिय खोप अभियानअन्तर्गत बाँके जिल्लाका ८२ हजार २९७ जना पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लका अनुसार पहिलो चरणअन्तर्गत पुस ६ र ७ तथा दोस्रो चरणको वैशाख ९ र १० गते पोलियो थोपा खुवाइने छ । कुल ४६ गाविस र एक नगरपालिका रहेको यस जिल्लाका लक्ष्यित बालबालिकालाई पोलियो थोपा खुवाउन ५१५ खोप केन्द्र व्यवस्था गरिएको छ भने ७८९ महिला स्वयम्सेविका परिचालन गरिने छ ।

जिल्लाको उढरापुर, जयसपुर, होलिया, मटहैया गाविस तथा नगरपालिकाको वडा नं ६, ८, ११, १२ र १६ का मुस्लिम, कुसबधिया, चिडिमार समुदायले खोप लिन आनाकानी गर्ने गरी आएकाले खोप नियन्त्रण चुनौतीपूर्ण रहेको जनस्वास्थ्य प्रमुख मल्ल बताउनुहुन्छ । पोलियो थोपा खुवाउने दिन जिल्ला जनस्वास्थ्य कार्यालयले नेपाल–भारत सीमा नाकामा समेत खोप केन्द्र स्थापना गरी बालबालिकालाई पोलियो थोपा खुवाउने व्यवस्था पनि मिलाएको छ ।