• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

बयासी हजारलाई पोलियो थोपा खुवाइने



 

नेपालगन्ज, ४ पुस –

यस वर्षको राष्ट्रिय खोप अभियानअन्तर्गत बाँके जिल्लाका ८२ हजार २९७ जना पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लका अनुसार पहिलो चरणअन्तर्गत पुस ६ र ७ तथा दोस्रो चरणको वैशाख ९ र १० गते पोलियो थोपा खुवाइने छ । कुल ४६ गाविस र एक नगरपालिका रहेको यस जिल्लाका लक्ष्यित बालबालिकालाई पोलियो थोपा खुवाउन ५१५ खोप केन्द्र व्यवस्था गरिएको छ भने ७८९ महिला स्वयम्सेविका परिचालन गरिने छ ।

जिल्लाको उढरापुर, जयसपुर, होलिया, मटहैया गाविस तथा नगरपालिकाको वडा नं ६, ८, ११, १२ र १६ का मुस्लिम, कुसबधिया, चिडिमार समुदायले खोप लिन आनाकानी गर्ने गरी आएकाले खोप नियन्त्रण चुनौतीपूर्ण रहेको जनस्वास्थ्य प्रमुख मल्ल बताउनुहुन्छ । पोलियो थोपा खुवाउने दिन जिल्ला जनस्वास्थ्य कार्यालयले नेपाल–भारत सीमा नाकामा समेत खोप केन्द्र स्थापना गरी बालबालिकालाई पोलियो थोपा खुवाउने व्यवस्था पनि मिलाएको छ ।