• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

डेङ्गु बढेपछि सतर्कता अपनाइयो



 

चितवन, ४ पुस –

चितवनमा एकै महिनामा ७९ जनामा डेङ्गु देखिएपछि महामारीको रुप लिन सक्ने भन्दै विशेष सतर्कता अपनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार मङ्सिर महिनामा मात्र ७९ जनामा डेङ्गु देखिएको छ । गत आर्थिक वर्षको मङ्सिर महिनामा दुई जनामा मात्र डेङ्गु फेला परेको थियो ।

अहिलेसम्म चितवनमा ३२८ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो । केसीका अनुसार साउन महिनामा सात, भदौमा २०, असोजमा ५२ र कात्तिकमा १७० जनामा डेङ्गु भेटिएको हो । अहिलेसम्म एक हजार ७७२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण भेटिएको हो । जाडो मौसम सुरु भएपछि नियन्त्रणको उपाएका विषयमा छलफल भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत केहरसिंह गोदारले जानकारी दिनुभयो । जनचेतना जगाउने, कीटनाशक झुल वितरण गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।